महिलाहरूको शिक्षाका लागि तालिबानको नयाँ नियमः पुरुषसँग बसेर पढ्न नपाइने


तालिबानले महिला विद्यार्थीका लागि नयाँ नियमको घोषणा गरेको छ । नयाँ नियम अनुसार महिला र पुरुष सँगसँगै बसेर पढ्न नपाउने भएका छन् ।

तालिबानले विश्वविद्यालयलाई लिङ्गको आधारमा विभाजन गरिने र पोषाक सम्बन्धी नयाँ नियम लागु गरिने बताएको छ । अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले महिलालाई पनि अध्ययन गर्न अनुमति दिने सङ्केत गर्नुभयो ।

तर, नयाँ नियमका साथ मात्रै उनीहरूले अध्ययन गर्न पाउने भएका छन् । उहाँले विद्यार्थीलाई अध्यापन गरिने विषयहरूको बारेमा समिक्षा गरिने पनि घोषणा गर्नुभयो ।

तालिबानले पहिलो पटक १९९६ देखि २००१ सम्म सत्ता सम्हाल्दा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको तालिबान यसपटक भने केही नरम देखिएको छ ।

तपाईको प्रतिक्रिया