एमसीसीको विरुद्ध जाजरकोटमा संयूक्त विरोध प्रर्दशन

No description available.
प्रेम विश्वकर्मा
जाजरकोट । एमसीसीको विरुद्ध जाजरकोटमा संयुक्त रुपमा विरोध ¥याली गरिएको छ । सोमबार भएको विरोध ¥याली अखिल (क्रान्तिकारी) जाजरकोट र स्वतन्त्र नागरिक समाज जाजरकोटको संयुक्त अयोजनामा गरिएको हो ।

‘एमसीसी हामीलाई चाहिदैन,देश बेच्न पाइदैन, दलाल सरकार मुर्दावाद,अमेरिकी साम्राज्यवाद मुर्दावाद, अखिल (क्रान्तिकारी) जिन्दावाद’ जस्ता नाराहरु विरोध ¥यालीमा घन्किएका थिए ।

विरोध ¥यालीमा स्वतन्त्र नागरिक समाजका अगुवाहरु , अखिल (क्रान्तिकारी) तथा नागरिकहरुको उपस्थिति रहेको थियो । विरोध ¥याली जिल्लाको थाप्ले बजार देखि ठाँटी हुदै पृथ्वी चोक गैरीखाली सम्म गएर कोण सभामा परिणत भएको थियो ।

No description available.

विरोध ¥याली कोण सभामा परिणत भएसंगै कार्यक्रम संचालनको जिम्मेवारी अखिल (क्रान्तिकारी) जाजरकोटका उपाध्यक्ष दिपेन्द्र सिहंले लिएका थिए ।
स्वतन्त्र नागरिक समाज जाजरकोटका अगुुवा दिपक खनालले आफ्नो विचार राख्दै देशघाती एमसिसि सरकारले नेपालमा पास नगर्न चेतावनी दिएका छन् ।

नेपाल सरकारले एमसीसीको नाममा जनताको आँखामा पट्टि लगाएको खनालले आरोप लगाए । एमसीसी पास गरि जनतालाई घात गरेर फेरी जनताकै घरमा कुन मुख लिएर भोट माग्न आउछौँ ए नेताहरु..?” खनालले भने ।

त्यस्तै, अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष विराजन शाहीले भने, ‘एमसीसी कुनै पनि हालतमा देशको हितमा हुनै सक्दैन, यदि यो सरकारले एमसीसी पास गरिहाल्यो भने पनि हामी विद्यार्थी,स्वतन्त्र नागरिक र अखिल (क्रान्तिकारी)सरकारको लागि बाघ बनेर आउनेछौँ ।’

No description available.

एमसीसी नेपालमा पास भयो भने देशको कानुन भन्दा माथि रहने जस्तो देशघाती सम्झौँता कदापि देशको हितमा हुन सक्दैन शाहीले थपे । देशको स्वतन्त्रताको रक्षा गर्न तमाम राष्ट्रप्रेमी,परिवर्तनकारी जनतालाई क्रान्तिको लाममा आउन समेत उनले आह्वान समेत गरे ।

तपाईको प्रतिक्रिया