राहत लिएर पहिरो पीडित बस्तीमा पुगे नेता खड्का


जाजरकोट । नेकपा (एकिकृत–समाजवादी) जाजरकोटका नेता कमान खड्काले पहिरो पिडितहरुलाई सहयोग गरेका छन् । जिल्लाको भेरी नगरपालिका २ रिसाङमा पहिरोमा परेर प्रभावित भएका घरपरिवारहरुलाई नेता खड्काले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

खड्काले शनिवार पिडितहरुको घरमा पुगेर ९ घरपरिवारलाई राहत स्वरुप १÷१ बोरा चामल, दाल, खाने तेल, नुन सहतिको खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

यस अघि उक्त पहिरोले पुरिएका घरहरुलाई आफ्नो डोजर लगाएर उद्दार गरेको भन्दै खड्काले आफु जन्मिएको वडा भएकोले वडाबासीहरुका हरेक समस्यामा सहयोग गर्न आफु तयार रहेको बताए । राहत सामाग्री बुझ्दै पिडित परिवारले नेता खड्का प्रति शुभेच्छा प्रकट गरेका छन् । ‘उहाँले पहिले पनि माटोले पुरिएका घर उकासिदिनु भयो, यस्तो दुःखको बेला सहयोग गर्ने मान्छे नै भगवान हो, उहाँलाई हामीले पनि छिट्टै सहयोग गर्ने दिन आवस । स्थानीय नरजीत वलीले भने ।’

भेरी नगरपालिका–२ रिसाङको बासँसपानी गत श्रावण ३० गते दिउसो अविरल वर्षासँगै आएको पहिरोले कृष्ण बहादुर विकको घर पूर्णरुपमा क्षेति भएको छ भने, नरजीत वली र ठेरो कामीको घरमा आंशिक क्षेती पुगेको छ । दिउँसो ४ बजेतिर माथिबाट आएको पहिरोले पुरिएर नरजीत वलीका दुई वटा बाख्रा मरेका थिए ।

पहिरोको उच्च जोखिममा रहेका ६ घर परिवार र अन्य ७ घर परिवारगरी १३ घर परिवार बिस्थापित भएका छन् । उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका खड्काले यस अघि सोही वडामा पर्ने जाजरकोट जुम्ला सडक व्यक्तिगत रुपमा मर्मत गरेर यातायात सेवा सहज बनाइदिएका थिए ।

स्थानीय सरकार तथा सरोकार निकायहरुको लाहपरवाहीका कारण यातायात सेवा अवरुद्ध भएपछि आफ्नो डोजर प्रयोग गरेर सडक मर्मत गरिदिएको खड्काको भनाई छ । कमान खड्का राजनीति, निर्माण व्यवसाय संगै समाज सेवामा सक्रिय युवा नेता हुन ।

साविकको खलंगा गाविसको उपाध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएका नेकपा (एस) का नेता खड्कालाई भेरी नगरपालिकाको भावि मेयरका रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया