पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

खलंगा । अविरल वर्षाका कारण खसेको पहिरोले पुरिएर नलगाडमा एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ ढाँरसिर्केका गोरख खड्काका ९ बर्षिय छोरा प्रचण्ड खड्ककाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरिक्षेक अर्जुन साउदले बताए ।

गोरख खड्का र उनकी श्रीमती घाइते भएका छन् । घर माथिबाट पहिरो आएको थियो । दुवै जनालाई उपचारका लागि जाजरकोट खलंगा पठाइएको प्रहरी निरिक्षक साउदले बताएका छन् । पहिरोले अन्य ६ घर उच्च जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया