
लोकन्द्र विश्वकर्मा जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा रहेका सीता माध्यामिक बिद्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार सीता माध्यामिक बिद्यालयको आयोजनामा शिक्षक बिद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा दलित तथा छात्रा तथा अपांगहरुलाई दिइने छात्रवृत्रि नपाएको विद्यार्थीले गरे । उनीहरुले २०७५सालको छात्रवृत्रि बिद्यालयले नदिएको अध्यनरक्त छात्र जुना सिंहले बताइन ।

शिक्षण गर्दा शिक्षकले लैङ्गिक भेदभाव अन्त्यको माग गर्दै समयमै छात्रवृत्रि पाउनुपर्ने, कम्प्युटर शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, लाईवेरीलाई व्यवस्थित गर्नुपर्ने, विज्ञान तथा अन्य बिषयको शिक्षकको पदपुर्ति गर्नुपर्ने लगाएतका माग विद्यार्थीले राखेको छन् । कक्षा ९ का छात्र टबिन कार्कीले कक्षा कोठामा समानहरु चोरी हुने भएकोले सिसी टिभी क्यामेरा जडान गर्नुपर्ने बताए ।
विद्यालयमा अध्यनरक्त छात्रहरुले सेनेटरी प्याट , छात्र, छात्राहरुलाई छुट्टाछुटै शौचालय हुनुपर्ने बिद्यालयमा प्रयोग हुने शैशिक तथा खेलकुद सामाग्री,गराउने पर्ने भनी विद्यार्थीले शिक्षकको ध्यानआर्कषण गराएका थिए ।
बिभिन्न बिद्यार्थीहरुका मागको सवाललाई सीता मा.बि का प्रधानध्यापक तिलक बहादुर खत्रीले सम्बोधन गर्दै विद्यालयमा भएका विभिन्न समस्याहरु समाधान गर्ने बताए । उनले भनेर्, यस विद्यालयमा विभिन्न समस्या छन् ,विद्यार्थी भाइबहिनीहरुले उठाएको सवाल एक बर्ष भित्र समाधान गर्नेछौँ ।’
२०३१ सालमा स्थापना भएको यस विद्यालयको समग्र बिकासमा विद्यालय प्रशासनले पहिलो अबस्थामा जोड नदिएको अबको बिकासको अबधारण सुरुवात भएको विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हरिचन्द्र बिश्वकर्मा बताए । आगामी दिनहरुमा विद्यार्थी, शिक्षक र अभिवावकहरुले अनुभुति गर्ने गरि विद्यालयको पूर्वाधार बिकासमा जोड गर्नुको साथै शैक्षिक सुधार गर्नेमा लाग्ने उनले उद्धघोष गरे ।
विद्यालयमा संचालन गरिएको बिद्यार्थी र शिक्षक अन्र्तक्रिया कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक र व्यवस्थापन समितिलाई जवादेही बनाउन विद्यालय प्रशासन तयार भएको पनि प्रधानध्यापक खत्रीको जोड गरे ।
















































। १५ फाल्गुन २०७६, बिहीबार