लोपउन्मुख राज गिद्ध भेटियो बारेकोटमा

                                           तस्वीर गोविन्द्रबहादुर सिंह

जाजरकोट । नेपालमा लोपउन्मुख अवस्थामा रहेको राज गिद्ध बारेकोटमा भेटिएको छ ।  गाउँपालिकाको वडा नं. १ स्थित आग्रखोलमा मरेको सिनु खाँदै रहेको अवस्थामा भेटिएको बारेकोट गाउँपालिका कार्यकारी अधिकृत एवम् पशुपंक्षी विज्ञ गोविन्द्रबहादुर सिहले जानकारी दिए ।

पछिल्लो समय गिद्दको संख्या बढेपनि सिनुमा बिषादीले प्रयोगले गिद्धको संख्या घटेको उनको भनाई छ । गिद्ध संरक्षणका लागि कुनै संस्था, व्यक्तिले केही नगरेको प्रति उनले गुनासो गरे । एकपटक आउने तर खासै संरक्षणमा ध्यान नदिने गरेको उनले गुनासो गरे ।

ब्यक्तिगत रुपमा लगानी गरेर काम गर्दा पनि अनेकौं दोष दिने गरेको उनको भनाई छ । २०७० सालदेखि नेपाल पंक्षि संरक्षण संघका अधिकृत कृष्णप्रसाद भुषाल स्थानीय टिमहरुले गरेको अध्ययन ले ४ जातका गिद्द भेटिएपनि तिनको गुढ सहित लामो प्रयासमा भेटेएका थियो भने हाल फागुन १४ गते समुन्दि सतह देखि १७०० मिटरको उचाईमा राज गिद्द भेटिएको छ । यो अरु गिद्द भन्दा फरक सिनु खांदा यसलाई अरु गिद्दले आक्रमण गर्ने नसक्ने र कृष्णप्रसाद भुषालको भनाइ अनुसार अर्काको मुखको गाँस खोसेर खाने स्वभाव भएको ।

नेपालका तराईका केही जिल्लामा भेटिए पनि जाजरकोट यो पटक देखा परेको हो लामो समय अघि देखि आकासमा अरु भन्दा ठुलो फरक देखिएपछि सिनु भएको ठाउँमा खोज्ने प्रयास गरिएको सिहंको भनाई छ । सिंह लामो समय देखि लोपउन्मुख जनावर तथा पशुपंक्षीको खाजीमा खटिएका छन् । यो संगै जाजरकोटमा ५ प्रकारका गिद्ध भेटिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया