धुलोमा रमाउँछन दलित बिद्यार्थी, विद्यालयकाे भाैतिक अवस्था जीर्ण

लोकेन्द्र बिश्वकर्मा
जाजरकोट ।   बोरीको झोला काँधमा बोकेर बिद्यालयमा जाने ति दलित बिद्यार्थीको अबस्था निकै दैनिय छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बारेकोट ६ तल्लो ताँसी दलित बस्तीमा रहेको देउतीबज्यै प्राथमिक बिद्यालयमा बिद्यार्थीलाई बस्नको लागी बेन्च र कार्पेट यता शौचालय कुनैपनि ब्यबस्थान नभएपछी ताँसी देउतीबज्यै विद्यालय जीर्ण छ ।

दलित बस्ती भएको कारण स्थानिय सरकारले पनि यो बिद्यालयलाई नहेरेको कारणले यो अवस्था आएको स्थानीयको आरोप छ । कतिवेला बिद्यालय छुट्टी हुन्छ र घरमा गएर शौचालयमा बस्ने , धुलोमा पढने,बस्ने ब्यबस्थालाई अन्तयका गर्नाका लागी घरबाट ल्याएको बोरी छिटै च्यातिने भएको देउँतीबज्यैमा अध्यनतर राजु बि.कले गुनासो सुनाए ।

यता २ बर्ष बित्दा सम्म तलब नखायर बिद्यार्थीको सेवामा हार्जिर भएको शिक्षक लिल बहादुर नेपाली ले गुनासो पोखे । २ बर्ष अघि बारेकोट गाउँपालिका बाट ६५ हजार तलव मात्र हालेको , बषौ बिद्दा तलव नहालेपछी बिद्यार्थीको सेवामा हार्जिर हुना बाध्यतामा बसेकोे शिक्षक नेपाली ले बताए । देउँतीबज्यैका बिद्यार्थी र शिक्षक अल्पत्रमा परेर शिक्षा लिने,दिने प्रखाईमा बसीरहेको स्थानिय बासीन्दा रमिता बि.क ले बताईन ।

धुलो,धुवामा रमाउने गरेका ति बिद्यार्थीहरुले बस्नालाई कक्षा अनुुुसार बेन्च,तल्लो कक्षालाई कार्पेटको ब्यबस्था गरि बिद्यार्थी र शिक्षक को समस्यालाई छिटै सुल्झाउँने देउतीबज्यै प्राथामिक बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष कर्ण बहादुर नेपालीले बताए ।  दलित बस्तीको बिद्यालयको र बिद्यार्थीको अबस्था निकै जिर्ण भएको छ ।

तपाईको प्रतिक्रिया