
खलंगा, २५ साउन । जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना भएको छ । सवै विपन्न समुदायका व्यक्तिहरुले दिनहु मास्क किनेर लगाउन असम्भव देखिएकाले मास्क बेैक स्थापना गर्न लागिएको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिए ।
ए हजुर तपाईंको माक्स खोइ ? अभियान अन्तरर्गत सोमबार आयोजित र्याली तथा मास्क वितरण कार्यक्रममा विपन्न समुदायको समस्यालाई ध्यानमा राखी यस मास्क बैंक स्थापनाको अवधारणा संस्थाले सवै सरोकारवालाहरुको समन्वयमा अगाडि वढाएको बस्नेतले बताए । मास्क खोइ अभियानको समापन को क्रममा आयोजित कार्यक्रममा यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बसनेतले मास्क बेैक स्थापनाको घोषणा तथा जानकारी गराएका थिए ।

हुनेले दिऔं, नहुनेले लिऔं यस अवधारणा अन्तरगत सवै सँग सामाग्री तथा नगद योगदान लिएर सञ्चालन गरिने छ । जिल्ला स्तरिय कोभीड व्यवस्थापन समिति सँगको सम्पर्क समन्वय र रेखदेखमा यो मास्क बैंक सन्चालन गरिने छ ।
त्यसको लागि संस्थाले आफ्नो तर्फ वाट बैकमा १ हजार पीस मास्क जम्मा गर्ने यार्सन जाजरकोटले जानकारी दिएको छ ।
सो बैक स्थापनाको कार्य अगाडि वढिसकेको र हाल उपयुक्त स्थानमा कोठाको व्यवस्था नहुन्जेल सम्मको लागि यार्सन जाजरकोटको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहको पाइला एफएम नजिकको कार्यालयमा सम्पर्क राख्नको लागि संस्थाले आहन गरेको छ ।

कार्यालयमा आएर नहुनेले मास्क लिने र सहयोगि दाताहरुले नगद वा जिन्सी सहयोग गर्न सकीने छ । यस मास्क बैक सन्चालन कार्यका लागि संस्थाले आफ्नो तर्फवाट १ जना स्वंसेवक परिचालन गर्ने जनाएको छ ।
साथै साप्ताहीक रुपमा आएको सहयोग र भएको सामाग्री खर्चको विवरण सार्वजनिक गरिने संस्थाले जनाएको छ । जिल्ला स्तरिय कोभीड व्यवस्थापन समिति का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जिल्लामा कोभिड १९ महामारीको तेस्रो भेरियन्टको प्रभाव वाट वच्नको लागि मास्क को प्रयोग अनिवार्य भएको बताए ।
मास्क को प्रयोग वाट नै कोभीड १९ वाट वच्ने उपाया मास्क भएकाले मास्क बैक स्थापना गर्नु नमुना कार्य हुने बताए ।

अभियान अन्तरर्गत आज नै रकम र मास्क सहयोग को क्रम अगाडि वढिसकेको जानकारी यार्सनका कोभीड स्वंसेवक छविराज सिंहको भनाई छ ।
यस अभियान अन्तरगत इच्छुक सहयोगि व्यक्ति तथा संस्थाहरुले यार्सन जाजरकोट मा ९८४८०२६९१२ मा सम्पर्क गर्न सकिने संस्थाले जानकारी दिएको छ ।
















































। २५ श्रावण २०७८, सोमबार