जाजरकोटमा सुरु भयो : ‘तपाईको मास्क खोई?’ अभियान

May be an image of 3 people, people standing and outdoors

खलंगा । कोरोना सङ्क्रमण बढ्न थालेपछि जाजरकोटमा मास्क प्रयोगमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा खलंगामा सोमबारदेखि ‘तपाईको मास्क खोई’ अभियान सुरु भएको हो ।

अभियानमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ, यातायात व्यवसायीले सहभागिता जनाएका छन्। सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले प्रदेश जिल्ला सदरमुकाम खलंगा केन्द्रित गरी अभियान थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए ।

May be an image of 4 people, people standing, motorcycle and road

अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरिएको छ । मास्क प्रयोग नगरी बारम्बार हिँडडुल गर्नेलाई भने १सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ ।

प्रजिअ देवकोटाले चाडपर्व नजिकिँदै गरेकाले उत्तिकै सतर्कताको जरुरी रहेको बताए । ’सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन्, एक जनाको लापरवाहीले समाज नै सङ्क्रमित हुने हुँदा व्यापक जनचेतना फैलाउन जरुरी छ‘, उनले भने, ’यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ ।’ विभिन्न संघ संस्थाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया