एक किलो चरेश सहित दुईजना पक्राउ


ख्लंगा, २५ साउन । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । भे १ ज ९०७ नम्बरको बोलेर जीपमा चरेश लिई रहेको भन्ने विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३१ बर्षका भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उप महानगरपालिका ११ बस्ने उबेद खानलाई प्रक्राउ गरिएको छ ।

कानुन बमोजिम उनीहरुको शरिर र झोला चेक जाँच गर्दा भारतिय नागरिक अहमदले बोकेको झोला बाट १ किलो चरेश र उनको साथ बाट भारतिय रुपैंया ४५ हजार ५ सय र स्क्रिन टच मोबाईन एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथ बाट नेपाली रुपैपाँ ५ हजार फेला पारि रित पूर्वक बरामद

गरी उनीहरुलाई पक्राउ गरी बरामद समान जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई २५ गते –आज जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया