बारेकोटमा जीप दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

unn.prixa.net

                                                            फाईल फोटो

जाजरकोट, १० साउन । बारेकोटको लैखममा जीप दुघर्टना हुुँदा एक महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बारेकोट ८ लैखमकी ५५ बर्षिया लक्ष्मी सिंहको दुघर्टनामा परि आइतवार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख खुमानन्द पाण्डेका अनुसार बारेकोटको सेपुखोलाबाट नलगाडको खारा तर्फ आइरहेको ग १ ज ४९५५ नम्बरको जीप लैखममा दुघर्टनामा परेको हो । दुर्घटनामा जीप चालक सहित चार जना घाइते भएका छन् ।

बारेकोट ८ का जीप चालक ३२ बर्षका बलबहादुर खत्री, सोही ठाँउका २२ बर्षका दीपक खत्री, सोही ठाँउकी २६ बर्षकी समिक्षा सिंह र नलगाड ५ का मिलन शाही घाइते भएको निमित्त प्रहरी प्रमुख पाण्डेले बताए । अर्का चालक राजेश सिंह फरार रहेकोले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तीन जना घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याईएको छ । घाइेतको टाउकोमा चोट लागेको छ । आमा गुमाएकी समिक्षा भने सामान्य घाईते छन् । प्रहरीका अनुसार दुघर्टनाको कारण खुल्न सकेको छैन । जीप बाटोबाट करीब २ सय मिटर तल नलगाड खोलामा खसेको थियो । जीपमा ६ जना सवार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया