कोरोना प्रभावितलाई १९९ हाईजिन कीट हस्तान्तरण

No description available.जुम्ला, २९ असार । जुम्लाका चार स्थानीय तहका कोरोना प्रभावितलाई १ सय ९९ वटा हाईजिन कीट हस्तान्तरण गरिएको छ ।

वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत कोभिड–१९ द्वारा प्रभावित व्यक्तिहरुमा पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाको स्वास्थ्य शाखालाई १ सय ९९ वटा हाइजिन कीट हस्तान्तरण गरिएको फिल्ड कार्यक्रम म्यानेजर भेष बहादुर रावलले बताए ।

उक्त प्याकेजमा १२ किसिमका थिए भने १ लाख २८ हजार १ सय ५६ बराबर को थियो रुपैयाँ बराबरको थियो । वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपालले कर्णाली प्रदेश जुम्लाका बालबालिकाको समृद्धिको निम्ति काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया