देउवाले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं : शितल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतल निवासमा सपथ खुवाएकी हुन् ।

यस्तै राष्ट्रपतिले आजै गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्री जनार्दन शर्मा तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुषाललाई खुवाएकी छन् ।

राष्ट्रपति भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेपछि सपथग्रण कार्यक्रम सवा दुई घण्टा ढिलो सुरु भएको थियो ।

देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन् । यसपछि देउवाले शपथ लिएका छन् । संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए ।

तपाईको प्रतिक्रिया