जुम्लाका २ हजार आरसी तथा नन आरसी बालबालिकालाई सेल्फ रिडिङ्ग पाठ्यपुस्तक हस्तान्तरण

No description available.
जुम्ला, २९ असार । जुम्लामा २ हजार आरसी तथा नन आरसी बालबालिकालाई सेल्फ रिडिङ्ग पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ । वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत कोभिड–१९द्वारा प्रभावित बालबालिकाहरुलाई चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँ पालिकाका २ हजार आरसी तथा नन आरसी बालबालिकाहरुलाइ सेल्फ रिडिङ्ग पाठ्य पुस्तक हस्तान्तरण गरिएको हो ।

No description available.

कोरोनाको कहरले आक्रन्त भएको क्षणमा जुम्ला जिल्ला जस्तो दुरदराजमा बस्ने बालबालिकाहरुको लागि उक्त पाठ्य पुस्तक उपलब्ध गराइएको हो । जहाँ ईन्टरनेटको पहुँचबाट बिमुख रहेको कारण उक्त पाठ्यपुस्तकको माध्यमद्वारा अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ आफै अध्ययन गराउन सक्नुहुनेछ ।

No description available.

वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपालले कर्णाली प्रदेश जुम्लाका बालाबालिकाको समृद्धिको निम्ति लामो समयदेखि काम गरिएको छ ।

 

No description available.

तपाईको प्रतिक्रिया