खाद्यको चामलमा २० प्रतिशत छुट, गरीव तथा विपन्नलाई राहत


खलंगा, २५ जेठ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटले चामलको मुल्यमा २० प्रतिशत छुट गरेको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७८÷०८९ को ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रम अन्तरर्गत नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटले चामलको मुल्यमा २० प्रतिशत छुट गरेको हो ।

नेपाल सरकारद्धारा प्रस्तुत बजेट बक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुदा नं. ५५ मा नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड र साल्टटे«ङ्गि कर्पोरेशन लिमिटेडबाट बिक्रि गरिने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्रि मुल्यमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख भए अनुसार कम्पनीसंग मौज्दात खाद्य बस्तुमा छुट मुल्यको व्यवस्था गरिएको नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

प्याकिङ्गको अबस्था अनुसार प्रतिपरिवार अधिकतम ३० किलो चामलको मुल्यमा २० प्रतिशत छुट गरिने व्यवस्था गरिएको नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटका प्रमुख धर्मराज बस्नेतले जानकारी दिए ।

नेपाल सरकारले निषेधाज्ञा जारी गरेको अबधि भरी २० प्रतिशत छुट मुल्यको सुविधा प्रदान गर्न सकिने जानकारी दिदै शाखा प्रमुख बस्नेतले २० प्रतिशत मुल्य छुटको व्यवस्थालाई जाजरकोटमा गत शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको बताए ।

२० प्रतिशत छुट प्रतिपरिवार अधिकतम ३० किलो चामलमा मात्र गर्न सकिने जानकारी दिदै शाखा प्रमुख बस्नेतले ग्राहकले आफ्नो परिचय खुल्ने नेपाली नागरिकताको प्रमाण–पत्र, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, जन्म दर्ताको प्रमाण पत्र आदि जस्ता सरकारी परिचय पत्र साथमा हुनु पर्ने बताएका छन् ।
१ हजार ३८० मुल्य रहेको ३० किलोको अरुवा मोटो चामल १ हजार १सय ४ मा पाईने भएको छ । १ हजार १५० मुल्य रहेको २५ किलोको अरुवा मोटो चामल ९२० मा पाईने भएको छ । १ हजार ४सय ७० मुल्य रहेको ३० किलोको अरुवा मध्येम चामल १ हजार १७६ मा पाईने भएको छ ।

१ हजार ६सय२५ मुल्य रहेको २५ किलोको स्टिम जिरा मसिनो चामल १ हजार ३ सयमा पाईने भएको छ । त्यसैगरी १ हजार ४१० मुल्य रहेको ३० किलोको अरुवा मकावनपुर चामल १ हजार १ सय २८ मा पाईने भएको छ ।

१ हजार ४७० मुल्य रहेको ३० किलोको जापानीज चामल १ हजार १ सय ७६ मा पाईने भएको छ । कम्पनीको शाखा कार्यालय, डिपो र विक्रि केन्द्रमा मात्र लागु हुने गरी मुल्य छुटको व्यवस्था गरिएको शाखा प्रमुख बस्नेतको भनाई रहेको छ । छुट बाट गरिव तथा विपन्न गरिवारलाई राहत मिल्ने समेत विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया