
खलंगा, २५ जेठ । जिल्लाको छेडागाड नगरपालिका २ साल्माका कोरोना संक्रमितलाई आयूर्वेद औषधी वितरण गरिएको छ । कोरोना संक्रमण पुष्टी भई होम आईसोलेसनमा बसिरहेका विरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने आयूर्वेद औषधी वितरण गरिएको हो ।

सोमबार साल्मा स्वास्थ्य चौकीमा पुगि होम आईसोलेसनमा रहेका विरामीहरुलाई आयूर्वेद औषधी वितरण गरिएको अस्पताल विकास व्यवस्थापन समिती जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिईन् । उनका अनुसार साल्मा स्वास्थ्य चौकीमा औषधी अभाव, कोरोना संक्रमितको संख्या धेरै रहेकोले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने आयूर्वेद औषधी वितरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आयूर्वेद शाखाका डाक्टर धनबहादुर वुढाले आयूर्वेद औषधी कसरी प्रयोग गर्ने, कस्तो खालको फाईदा हुन्छ, कसरी रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ? भन्ने विषयमा संक्रमितलाई जानकारी दिएका थिए । उनले दिएको जानकारी अनुसार, चियोन प्रास, प्रि कुदु चुन्न, अमला कि चुन्न लगायतका आयूर्वेद औषधी दिईएको छ ।

यस्तै संक्रमितको व्यक्तिगत सरसफाईका लागि, व्रस, सावुन, तौलिया,मास्क, सेनिटाईजर, ग्लोवस लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । स्वास्थ्यकर्मीको सुरक्षाको लागि ८ वटा पीपी सेट समेत प्रदान गरिएको छ ।

स्थानीय गोविन्द्र विसीले त्यहाँका स्थानीयको सुरक्षाको लागि मास्क वितरण गरेका थिए । कोरोनाको संत्रासमा रहेका स्थानीयलाई उच्च मनोवल राख्न, र स्वास्थ्यको मापदण्ड पालन गर्न समेत सल्लाह दिएका थिए ।
















































। २५ जेष्ठ २०७८, मंगलवार