वडाध्यक्षको हर्कत : दलित यूवालाई ज्यान मार्ने धम्की, डुम भन्दै गाली

May be an image of 1 personबारेकोट, २५ जेठ । जिल्लाको बारेकोट गाउँपालिकाका एक वडाध्यक्षले दलित यूवालाई ज्यान मार्ने धम्की दिएका छन् ।

गाउँपालिकाको वडा नं ६ का वडाध्यक्ष तिले महतारा (भक्री) ले स्थानीय डम्बर विकलाई ज्यान मार्ने धम्की दिएका हुन् । सोमबार बेलुका साढे पाँच बजेको समयमा अध्यक्ष महताराको घर नजिकै हातपात स्वरुप स्थानिय काठको साधन(मुसल) उठाएर हान्न तम्सिएको तर स्थानियले रोकेर आफु जोगीएको पीडित वि.कले हाम्रो पहुँचलाई बताए ।

उनले भने, ‘वुलेकीको समयमा मलाई वडाध्यक्षले उहाँको घर नजिकै काठ उठाएर हान्न तम्सिएको र ज्यान मार्ने धम्की समेत दिए, वडाको विकास निर्माण, योजना तर्जुमा, सार्वजनिक सम्पतीको विषयमा आवाज उठाएपछि मलाई ज्यान मार्ने समेत धम्की दिएका हुन् ।’

गत बर्ष २०७७ असाढ २५ गते बाढी पहिरोको विषयमा बोल्दा समेत आफुलाई अछुत,पानी नचल्ने, डुम जस्ता निच र अपशब्द प्रयोग गरेको समेत विकले गुनासो गरे । यस्ता शद प्रयोग गरी ज्यान मार्ने धम्की आएकोले बाहिर ल्याउन नसकिएको उनको भनाई छ ।

वडामा हुने विकास निर्माणका काम, सार्वजनिक महत्व, योजना तर्जुमा छनौट, लगायतका कामहरु दलित बस्ती विपरीत गरी एकलौटी ढंगले सञ्चालन गर्ने गरेको ताँसी टोलका दलितहरुले दुखेसो पोख्दै आएका छन् ।

वडाको सार्वजनिक सम्पतीको दुरुपयोग,भष्ट्राचार राहत, लक्षित वर्गको बजेट तथा कार्यक्रम आदि विषयमा आफुले व्यापक विरोध गर्ने भएकोले अध्यक्ष महतारा आफुप्रति सधै नकारात्मक रहेको विकको भनाई छ ।

वडाको दलित समुदायलाई होच्याउने,हेप्ने,डुम जस्ता अपाच्य शब्दहरु प्रयोग गर्ने वडाध्यक्षको यस्तो क्रियाकलापले गर्दा सिंगो दलित समुदाय दविएर बस्नु परेको र सधै धम्कीपुर्ण व्यवहारले गर्दा असुरक्षित भएको बारेकोट– ६ ताँसिका दलितहरुको बताउँछन् ।

टेकेन्द्र,राम, निमप्रकाश,गणेश, विशाल, झलक विक डम्बर माथी वडाध्यक्षले दादागिरी देखाएको बताउँछन् । यता वडाध्यक्ष महतारालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् । हामीलाई उपलब्ध भएका तीन वटै नम्बर स्वीच अफ छन् ।

तपाईको प्रतिक्रिया