साहित्यकार पुष्कर पराग चन्दका तीन उत्कृष्ट मुक्तक

              पुष्कर पराग चन्द
भेरी नगरपालिका, ५ जाजरकोट

मुक्तक

मैले हरेक साँझ पिउनुको कारण नखोज
बस प्यारीले छोडेकी हो अरु उदाहरण नखोज

भोलि सबेरै उठेर फेरि सिमानामा जानुछ प्यारी,
आज रात ढुक्कले निदाउन देउ दुरी मापन नखोज ।

२ मुक्तक
दुस्मनलाई पनि कुनै बेला मित्र सम्झिनु पर्छ
बरु आफन्तहरु बाट आफै पछारीनु पर्छ

सेतो कपडा जस्तै हो तिम्रो इज्जत पनि,
धेरै चम्किनु हुदैन मैसाब जरुर मैलिनु पर्छ ।

३ मुक्तक
दिमाग लगाएर बहुत सोच अन्तिम बिकल्प
यदि मन पर्दैन भने अरु खोज अन्तिम बिकल्प

कि घर फर्केर आउ कि छुट पत्र माग प्यारी,
यी दुइटा मध्य एउटा रोज अन्तिम बिकल्प ।

तपाईको प्रतिक्रिया