बारेकोटमा ४९ जनाले जिते काेराेना


खलंगा, २२ जेठ । जिल्लाको बारेकोट गाउँपालिका हाल सम्म १ सय ३९ जनामा कोरोना पुष्टी भएको छ ।

पालिका भरी ४ सय १७ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ सय ३९ जनामा कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सि.अ.न.मी कल्पना रोकायले जानकारी दिईन् ।

उनका अनुसार, जम्मा ४ सय १७ जना मध्ये महिला १ सय ५१ र पुरुष २ सय ६६ जनामा परिक्षण गरिएको थियो ।

जसअन्र्तगत महिला ५५ र पुरुष ९३ मा कोरोना पुष्टी भएको छ । हाल सम्म ४९ जना डिस्चार्ज भएका छन् भने ८४ जना होम आईसोलेसनमा रहेका छन् । ६४ जना संस्थागत आईसोलेशनमा रहेको रोकायले बताईन् ।

१५ जना अहिले उपचाररत्त रहेको छन् । तिनीहरु मध्ये ७ महिला र ८ पुरुष रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया