प्रशासनद्धारा शिवालयमा आईसोलेसनको अनुगमन

No description available.खलंगा, ९ जेठ । जिल्ला प्रशासन कार्यालयद्धारा शिवालय गाउँपालिकाको आईसोलेसन अनुगमन गरिएको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा सहित अन्य सरोकारवालाहरुको उपस्थितीमा अनुगमन गरिएको हो । शिवालय गाउँपालिकामा अक्सिजन अभाव, आईसोलेसनको कमजोर व्यवस्था लगायत अन्य जनगुनासो आएपछि शिवालय गाउँपालिकामा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए ।

No description available.

उनका अनुसार, गाउँपालिकामा १ जनालाई अक्सिजनको सपोर्टमा उपचार भईरहेको, १० वटा आईसोलेसन वेड, ५ वटा अक्सिजन सिलिण्डर गाउँपालिकामा रहेको देवकोटाले बताए । अक्सिजनको मात्र बढाउन पनि गाउँपालिकालाई निर्देशन दिईएको उनको भनाई छ ।

No description available.

अनुगमनमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख मधुकुमार थापा, शसस्त्र प्रहरी वल जाजरकोटका प्रमुख नरेश भण्डारी सहितको टोलीले अनुगमन गरेको जनाइएको छ ।

No description available.

तपाईको प्रतिक्रिया