पाँचताराले दियो, छ लाख बराबरको स्वास्थ्य सामग्री

May be an image of 1 person, standing and outdoors
खलंगा, ९ जेठ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तारण गरेको छ ।

कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले स्वास्थ्य सेवा कार्यालयलाई ५ लाख ९९ हजार ९ सय ८५ रुपैयाँ २५ पैसा मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिए ।

५ लाख ९९ हजार ९ सय ८५ रुपैयाँ २५ पैसाको १सय ५० वटा पिपीई सेट, २ सय ५० वटा भिटीएम किट, १ हजार २ सय सर्जिकल मास्क, ५० वटा फेस सिल्ड, ५ सय सर्जिकल ग्लोप्स, १ सय लिटर डिसइन्फेकटेन्ट, ५०० एमएलका ४० वटा स्यानिटाईजर, १० जोडा युटिलिटि ग्लोप्स, ५ वटा मोप उईथ हेण्डल, २ वटा

आइआर थर्ममिटर, २० लिटर स्प्रिय कन्टिनर लगाएतका स्वास्थ्य सामाग्री र मास्क प्रयोग सम्बन्धिका पोष्टरहरु स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको कार्यकारी निर्देशक पन्तले बताए । उक्त सामाग्रीहरु स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापक टिकाराम जैसीलाई हस्तान्तरण गरिएको पन्तले बताए ।

तपाईको प्रतिक्रिया