
खलंगा ९ जेठ । प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध अखिल क्रान्तिकारी छेडागाड नगर कमिटीले मसाल जुलुस तथा केपी वलिको पुत्ला दहन गरेको छ । आईतबार नगरपालिकामा नगर कमिटी संयोजक गणेश अधिकारी, उपाध्यक्ष प्रेम खत्री, जिल्ला कमिटी सदस्य प्रदिप खत्री सहितको उपस्थितीमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन असंवैधानिक भएको भन्दै पुत्ला दोहन कार्यक्रम गरिएको नगर कमिटी संयोजक गणेश अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीको यो कदमको चौतर्फी आलोचना भईरहेको छ । सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै छेडागाडमा पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।
कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाई कदापी नस्वीकार्ने यूवाहरुको भनाइ थियो । ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
















































। ९ जेष्ठ २०७८, आईतवार