बादल पराजित, राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाडौं ६ जेठ । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभार सहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

बिहीबार हेटौंडामा भएको निर्वाचनमा देवकोटाले कूल ५ हजार ८८ मतभार प्राप्त गरे। मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे ।

यसको अर्थ उनलाई स्थानीय तहका प्रमुख उपप्रमुख १ सय २८ र ५८ जना प्रदेशसभा सदस्यले मत दिए।

उनका निकटतम प्रतिस्पर्धी बादलले कूल ४ हजार १४ मतभार प्राप्त गरे। स्थानीय तहतर्फ १ हजार ८ सय ५४ र प्रदेशसभा सदस्य तर्फबाट २ हजार १ सय ६० मत उनलाई खस्यो। उनलाई स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ३ र ४५ जना प्रदेशसभा सदस्यले मत दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ र प्रदेशसभा सदस्यतर्फ २ गरी कूल १ सय ३२ मतभार प्राप्त गरे। कूल ३ सय ४७ जना मतदाता रहेकोमा कूल ३ सय ३८ मत खसेको थियो।

तपाईको प्रतिक्रिया