
खलंगा, ६ जेठ । बारेकोट गाउँपालिकाका युवाहरुले थालेको “बारेकोटी बचाऔं’ अभियानका लागि डेढ लाख रकम संकलन भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट बारेकोटी नागरीकहरुलाई बचाउनका लागि सुरु गरिएको आर्थिक संकलन अभियानमा विहीबार सम्म १ लाख ५० हजार रकम संकलन भएको हो ।
जिल्लामा कोरोनाको जोखिम बढ्दै गएका बेला गाउँपालिका भित्र अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्रीको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखी युवाहरुले लोकेन्द्र गौतमको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
युवा संघ नेपालका नेता समेत रहेका गौतम संगै विरेन्द्र बस्नेत, कालीबहादुर नेपाली, दिपक खड्का, मुहान सिंह र विष्णु महर पनि अभियानमा सक्रिय छन् । अक्सिजन र न्युनतम औषधी अभावका कारण कोरोना महामारीमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले “बारेकोटी बचाऔं” अभियान सुरु गरेको अभियानको नेतृत्व गरेका गौतमको भनाई छ ।
अभियानमा विशेष गरी बारेकोट स्थायी घर भई देश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले सहयोग गरिरहेको गौतमले बताए । संकलन भएको रकम मध्ये ५० प्रतिशत अक्सिजन सिलिण्डर, ३० प्रतिशत किट र २० प्रतिशत रकमको औषधी खरिद गरेर हस्तान्तरण गर्ने गौतमले बताए ।
“बारेकोटी बचाऔं” अभियानमा सहयोग गर्ने मनकारी व्यक्तिहरु :
१. विमला रोकाय बारेकोट १०,००० ।
२. प्रेमबहादुर सिंह सुवाकोट बारेकोट ७,००० ।
३. देवेन्द्र शाही बारेकोट रुमसिल २,००० ।
४. गंगा रोकाय बारेकोट २,००० ।
५. पदम बोहरा सिनाकोट बारेकोट १,५००।
६. रंगबहादुर आ.सी. कुशे, जाजरकोट १,५००
७. दिपेन्द्र गौतम बारेकोट, सक्ला २,००० ।
८. प्रवेश नेपाली बारेकोट, सक्ला ३,०००।
९. शिव विश्वकर्मा बारेकोट, सक्ला १,५०० ।
१०. राजेन्द्र विक्रम शाही बारेकोट, नायकवाडा १,५०० ।
११. घमण्ड राज गिरी बारेकोट, नायकवाडा २,१०१ ।
१२. कर्णराज सिंह बारेकोट,नायकवाडा २,००० ।
१३. यूवराज सिंह बारेकोट,सुवाकोट हाल अमेरिका २५,०००।
१४. तुल्सीराम थापा कोटजहारी रुकुम ३,५०० ।
१५. विष्णु महर बारेकोट कालाखोली २,५०५ ।
१६. धनबहादुर नेपाली बारेकोट,लिम्सा २ हजार पिस मास्क
१७. नरेन्द्र सिंह बारेकोट गैरागाउँ १,५०० ।
१८ धर्मराज ज्योती, विङ्गना योगी (ज्योती) बारेकोट रामीडाँडा हाल कोहलपुर ५,००० ।
१९ ओमबहादुर डाँगी जुम्ला १,५०५ ।
२० दीपक शाही बारेकोट सक्ला प्रहरी सहायक निरीक्षक ५,००५ ।
२१. शक्ति गिरी बारेकोट रामीडाँडा २,००० ।
२२. घमण्ड राज गिरी कुशे गाउँपालिका पैक ९,६४४ ।
२३. महेन्द्र सिंह बारेकोट लिम्सा २,००० ।
२४. दिपक महतारा बारेकोट ६ ३,०००।
२५. उज्वल देव रावल बारेकोट ८ हाल, सुर्खेत ५,०००।
२६. धनीराम गौतम प्राविधिक सहयाक सक्ला विद्यालय ३,०००।
२७. खगेन्द्र बोहरा सिनाकोट, बारेकोट ५,०००।
२८. रामचन्द्र ज्योती बारेकोट,रामीडाँडा ५,०००।
२९. तिलकबहादुर रावत बारेकोट, जिरी ५,०००।
३०. राजेन्द्र सिंह बारेकोट, जिरी १,५२० ।
३१. सिर्जना बस्नेत बारेकोट, जिरी २,००० ।
३२. दिपक सिंह कुशे, जाजरकोट १,००० ।
३३. मनमाया कार्की बारेकोट, सिनाकोट २,०००।
३४. धिरज भुल बारेकोट, सक्ला हाल काठमाडौं १,५१५ ।
३५. रामबहादुर थापा बारेकोट, रोकायगाउँ हाल नेपाल आर्मी १,०१५ ।
३६. दीपक शाही आर्थीक मामिला तथा योजना मन्त्रालय ५,००५ ।
३७. प्रवेश नेपाली बारेकोट सक्ला ३००० ।
३८. लोकेन्द्र सिंह बारेकोट गाउँपालिकामा कार्यरत १,२०५ ।
३९. खिमबहादुर महतारा बारेकोट काप्ती १,५०० ।
४०. कृष्णप्रसाद शर्मा बारेकोट, सक्ला १,००५।
४१ विष्णु प्रसाद श्रेष्ठ भेरी नपा ३ ज्योती विकास वैक हाकिम २,५००।
















































। ६ जेष्ठ २०७८, बिहीबार