जुनीचाँदे हकहित संरक्षण समाजद्धारा स्वास्थ्य सामग्री वितरण

No description available.
खलंगा, ६ जेठ । जिल्लाको जुनीचाँदे गाउँपालिकामा जुनीचाँदे हकहित संरक्षण समाजद्धारा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाका प्रत्येक वडामा पुगि स्वास्थ्य सामग्री वितरण अभियान चलाईएको समाजका सचिव नवराज शाहीले जानकारी दिए । उनका अनुसार, गाउँपालिका भित्रका ११ वटै वडामा पुगी स्वास्थ्य सामग्री हस्तान्तरण गरिनेछ ।

No description available.

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट बच्न विपन्न तथा गरिव परिवारलाई मास्क, सेनिटाईजर वितरण गरिर्दै आएको समेत सचिव शाहीले बताए । अहिले सम्म वडा नं २, ९, १० र ११ मा मास्क वितरण गरिएको छ ।

विहीबार वडा नं १० को नेटा, लुमार, वेउराटा, खाडा, ओखटाका जनतालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । यस्तै वडा नं १० का वडाध्यक्ष कर्णबहादुर रोकाय संग समन्वय गर्दै वितरण गरिएको हो ।

वितरण कार्यक्रममा जुनीचाँदे हकहित संरक्षण समाजका अध्यक्ष, राजकुमार शाही, कोषाध्यक्ष नवीन कुमार शाही, वडा नं २ को संयोजक पदमबहादुर सिंह खटिएको सचिव शाहीले बताए ।

अहिले सम्म झन्डै ६ हजार पिस मास्क र सेनिटाईजर वितरण गरिएको सचिव शाहीले हाम्रो पुहँच डटकमलाई जानकारी दिए । यस्तै कोरोना बाट बच्न स्थानीयलाई सुनिश्चित गरी प्रचारप्रसारलाई व्यापक गरिएको समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया