जाजरकोटमा हाल सम्म ३१७ जना डिस्चार्ज, कोरोनाका ४०२ सक्रिय संक्रमित


खलंगा, ३ जेठ । जिल्लामा हाल सम्म ३ सय १७ जनाले कोरोना जितेका छन् । जिल्लाभर ७ सय २६ जना संक्रमित भएकोमा हाल सम्म निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय १७ पुगेको हो ।

यस्तै जिल्लाभरी ४ सय २ जना कोरोनाका सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय २० जनामा गरिएको पी.सी.आर. परीक्षणमा भने कुनै संक्रमित नदेखिएको प्रतिवेदनमा जनाईएको छ । हाल सम्म जिल्लाभर ६ हजार ७ सय ६ जनामा पी.सी.आर. परीक्षण गरिएको छ ।

जसअन्र्तगत २ सय ९१ जना संक्रमित रहेका छन् भने, १ सय ११ जनाले कोरोना जितेर घर फर्किसेकका छन् । पी.सी.आर परीक्षणका १ सय ८० जना होम आईसोलेसन र अस्पतालमा उपचाररत भएका छन् । यस्तै, एन्टिजेन परीक्षण अन्र्तगत १ हजार ३ सय २३ किट परिक्षण गरिएको छ ।

जसअन्र्तगत ४ सय ३५ जनामा कोरोना पोजिटिभ देखिएको छ भने, २ सय ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । २ सय २२ जनाले अहिले होम आईसोलेसन र अस्पतालमा उपचार गराईरहेका छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिएका छन् भने १७ जनाले कोरोना जितेर घर फर्केका छन् । यस्तै जिल्ला बाहिर रिफर गरिएका विरामीको संख्या ५ रहेको छ ।

एक जनाको कोरोनाको कारण जिल्लामा नै मृत्यु भएको थियो भने, एक जनाले बाँकेमा रिफर गरिएका महिलाको निधन भएको प्रशासनको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दैनिक प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईसोलेसन वेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ ।

३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ७५ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया