पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु, ९ हजार भन्दा बढीमा कोरोना पुष्टी

                                    फाइल तस्विर
कोरोना भाइरस सङ्क्रमणका कारण आज एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक सङ्ख्या घटे पनि आज पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।

२१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ ।

जसमध्ये सक्रिय सङ्क्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । जसमध्ये एक लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या पाँच हजार ७ सय ६७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

तपाईको प्रतिक्रिया