
काठमाडौं, ३ जेठ । नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भोल्टे अर्थात् भ्वाइस ओभर लङ टर्म इभोलुसन सेवा सञ्चालनमा ल्याउने भएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा सोमबार यसै दिनदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भोल्टे सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने टेलिकमले जनाएको छ। माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भोल्टे सपोर्ट गर्ने आफ्नो मोबाइलबाट ८४४४३ डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भोल्टे एक्टिभेट गर्नुपर्दछ ।
यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्टे कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ। लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भोल्टेको संकेत देखापर्दछ । भोल्टेको संकेत देखा परेपछि ८१११३ डायल गर्नुपर्दछ ।
नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भोल्टे भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ।
आफ्नो मोबाइल सेटले भोल्टे सपोर्ट गर्छ–गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न httpsM÷÷ntc=net=np÷post÷volte लिंक प्रयोग गर्न सकिने र सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा support=volte@ntc=net=np मा इमेल पठाउन सकिने पनि टेलिकमले जनाएको छ ।
















































। ३ जेष्ठ २०७८, सोमबार