सुस्त इन्टेरनेटले जाजरकोटवासी हैरान !

खलंगा, १ जेठ । सरकारी सेवा प्रदायक निकाय नेपाल टेलिकमद्धारा वितरित एडीएसएल तथा फोर जी इन्टरनेट सेवा सुस्त हुदाँ जाजरकोटबासी लामो समय देखि हैरानी खेपिरहेका छन् । नेपाल टेलिकमको जिल्ला देखि प्रदेश तथा केन्द्रिय कार्यालय सम्म विभिन्न माध्यमबाट ध्यानाकर्षण गराउने, गुनासो पु¥याउने काम जति गरेपनि टेलिकमद्धारा वितरीत इन्टरनेट सेवामा कुनै सुधार आउन नसकेको नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माले बताए ।

उनले जिल्लाका अधिकांश सरकारी कार्यालय,व्यापारी,सञ्चारमाध्यम,उद्योगी तथा पत्रकाहरुले प्रयोग गरिरहेको सरकारी ईन्टरनेट सेवा सुस्त भएका कारण सेवा प्रवाह देखि अन्य काम गर्न समेत हैरानी खेप्नुपरेको अध्यक्ष शर्माले बताए । यस बारेमा पत्रकाहरुको समाचारका माध्यमबाट,जनप्रतिनिधीहरु र सरकारी निकाय मार्फत उजुरी,गुनासो र ध्यानआकर्षण नेपाल टेलिकममा गराएपनि नेटको गुणस्तर र गतिमा सुधार आउन नसकेको अध्यक्ष शर्माको भनाई छ ।

जिल्लामा फोन र इन्टरनेटमा सुधार नआउँदा महामारी र संकटका वेला पत्रकाहरुलाई सुचना संकलन तथा समाचार सम्प्रेषणमा समेत समस्या पर्ने गरेको शर्माले बताए । अप्टीकल फाइवरबाट इन्टरनेट सेवा सञ्चालन गर्न सरोकारवाला निकायहरुले ढिलाई गरेको र नेपाल टेलिकमले पनि समयमै काम सुरु नगरेका कारण जाजरकोटमा तारवाला इन्टरनेट सेवाको चर्काे आलोचना हुने गरेको छ ।

जनताले सेवा प्रयोग गरे वाफत पैसा तिरिरहने तर सरोकारवाला निकायले गुणस्तरीय र भरपर्दाे सेवा नदिने जस्तो गैरजिम्मेवारी पुर्ण काम गर्नु अपराध जस्तै भएको स्थानीय बताउँछन् । उता नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपेन्द्र अधिकारीले जिल्लाको इन्टरनेट सेवा सुधारका लागि आफुले पहल गरिहेको बताए ।

जनताको गुनासो धेरै भएको भन्दै प्रमुख जिल्ला अधिकारीले जिल्लाको नेट सुधारका लागि माथिल्लो निकायमा जानकारी गराउने, सुधारका प्रयासहरु गर्ने तथा अन्य पहलहरु आफुले निरन्तर जारी राखेको तर यति गर्दा पनि नभए जिल्लाबासीले अप्टीकल फाईवर कुर्नपर्ने बताए ।

जिल्लामा गणस्तरहिन बनेको इन्टरनेट सेवा सुधारका लागि जिल्ला बाट गरिएको पहल र प्रयासलाई सधैं टेलिकमको माथिल्लो निकायले वेवास्ता गर्ने गरेको जनप्रतिनिधी,पत्रकार र सरकारी अधिकारीहरुकै गुनासो छ । कुशेमालिका अनलाईन बाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया