प्रहरीद्धारा हुम्लामा २९ सय लिटर मदिराको कच्चा पदार्थ नष्ट

No description available.

मोहनसिंह बुढा
हुम्ला, २ जेठ । जिल्लाको अदानचुली गाउँपालिकामा प्रहरीले मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ । श्रीनगर प्रहरी चौकीले अदानचुली गाउँपालिकाको वडा ४ र ५ गरी करिब २९ सय लिटर बराबरको स्थानीय मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा गरेको अबस्थामा गाउँ गाउँमा गएर मेरो मास्क खै ? अभियान सञ्चालन गर्ने क्रममा स्थानीय मदिरा उत्पादन गर्ने कच्चा पदार्थ समेत नष्ट गरेको प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार वातावरणीय सरसफाई देखी व्यक्तिगत सरसफाईको बारेमा समेत जानकारी गराएको छ ।

गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थानीय मदिरा नष्ट गर्ने क्रममा गाउँ गाउँमा छापा मार्दा तयारी मदिरा छिपाई सकेकाले मदिरा उत्पादन गर्ने कच्चा पदार्थ मात्र फेला परेको बताउँदै वडा नम्बर ४ मा करिब १६ सय लिटर र वडा नम्बर ५ मा १३ लिटर बराबरको कच्चा पर्दा नष्ट गरेको उनले बताए ।

गाउँस्तर सम्म कोरोना छिरि सके पनि यहाँका नागरिकहरु सचेत नभएको बताए । कुनै पनि विकास निमार्णका कामहरु २५ जना भन्दा धेरैलाई गराउन नपाउने, साना तिना जंगीहरु गर्न नपाउने एक ठाउँहरु अर्को ठाउँमा नगई आ आफ्नै घरमा सुरक्षित हुन जानकारी गराए पनि अझै अटेर गरी रहेको उनको भनाई छ ।

पहिलो पटक सम्झाउने फेरी पनि दोहो¥याएको पाईएमा कारबाहीको प्रकृया अगाडी बढाउने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया