शनिवार हुम्लामा आठ जनामा कोरोना पुष्टी

No description available.
मोहनसिंह बुढा
हुम्ला, १ जेठ । हुम्लामा शनिवार ८ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला भरी ३० जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

अदानचुली गाउँपालिकामा रेडियो श्रीनगरका संञ्चालक समितिका अध्यक्ष समेत रहेका हुम्लाका पत्रकार नवराज महताराले जिल्ला अस्पताल हुम्लाबाट पढाएका एन्टिजेन्टबाट शनिबार अदानचुली १ को कल्खे र अदानचुली ४ मा गरी ११ एन्टीजेन्ट परिक्षण गर्दा २ जनामा कोरोना संक्रमित पुष्टी भएको बताए ।

अदानचुली १ कल्खेको नेपालगंञ्ज बाट ५ दिन अगाडी घर आएका थिए भने अदानचुली चारका घरमै बसिरहेका थिए । अदानचुली गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा हाल सम्म ३५ एनटीजेन्ट परिक्षण गर्दा शनिवार ५ जनामा पोजेटिभ देखिए संगै हालसम्म ९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोटट गाउँपालिकामा हाल सम्म ७३ एन्टिजेन परिक्षण गरिएको छ ।

ताजकोट गाउँपालिकामा २० जनामा एन्टीजेन परिक्षण गर्दा १ जना नयाँ संक्रमित थपिएपछि जम्मा ८ जना सक्रिय संक्रमित रहेका छन । जिल्लामा हाल सम्म सक्रिय संक्रमितको संख्या ४२ रहेको छ । शनिवार निको भएर घर फर्किनेको संख्या ८ पुगेको छ । हाल सम्म संक्रमित हुनेको संख्या ५० पुगेको छ ।

तपाईको प्रतिक्रिया