यातायात मर्मत नहुँदा अनुगमनमा समस्या


खलंगा २९ वैशाख । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( DCCMC) आर्थीक संकट हुदाँ काम गर्न मुस्किल परेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आईसोलेसन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसीले बताएको छ

। सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनहरु भएकोले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकोले डिसीसीएमसी बजेट नहुदाँ काम गर्न समस्या भएकोले प्रदेश सरकार संग बजेट माग गरिएको छ ।

सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधनहरु पुराना भएकाले छिटो, छरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया