एकैदिन जाजरकोटमा ४१ जनाले कोरोना जिते, थप एकजनाको मृत्यु

खलंगा, २९ वैशाख । कोरोना संक्रमणबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार नलगाड नगरपालिका– ११ का एक वडा सदस्यको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।

कोरोना संक्रमणबाट भेरी नगरपालिका–४ सिर्जना टोलकी ४५ बर्षिय महिलाको यही वैशाख २२ गते मृत्यु भएको थियो । उपचारको लागि उनलाई नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा पु¥याईएको थियो । समयमै अस्पताल पुर्याउन नसकेपछि उनको उपचारकै क्रममा नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट नगरगाड नगरपालिका–११ का वडा सदस्यको सोमबार राति मृत्यु भएको छ । भौगोलिक विकटता, उपयुक्त स्वास्थ्य उपचारको अभावमा वडा सदस्यको मृत्यु भएको नलगाड नगरपालिकाले जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बुधबार सार्बजनिक गरेको कोभिड–१९ को दैनिक प्रतिवेदनमा ४१ जना संक्रमितहरु सन्चो भएर घर फर्किएको उल्लेख गरेको छ भने, एन्टीजेन विधिबाट परिक्षणबाट आज १२ जनालाई कोरोना पुष्टी भएको जानकारी दिईएको छ ।

११ चैत २०७६ देखि २९ बैशाख २०७८ सम्मको दैनिक प्रतिवेदनमा पिसीआर र एन्टीजेन परिक्षणबाट जिल्लामा संक्रमित ५ सय ५५ जना मध्ये २ सय ९ जना सन्चो भएर घर फर्केको उल्लेख गरिएको छ । जिल्लामा हाल सक्रिय संक्रमित ३ सय ३७ जनाको संख्यालाई उक्त दैनिक प्रतिवेदनमा देखाईएको छ । पिसीआरका लागि स्वाब संकलन गरिएका ६ हजार ५ सय ८६ जनामध्ये १ सय ६८ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदनले देखाएको छ भने, १ सय ११ जना सन्चो भएर घर फर्केका छन् । ७५ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

त्यसैगरी एन्टीजेन विधिबाट १ हजार ६१ जनालाई गरिएको परिक्षणबाट ३ सय ६९ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन्चो भएर घर फर्कनेको संख्या ९८ जना रहेको उल्लेख गरिएको दैनिक प्रतिवेदनमा २ सय ६२ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेको जानकारी दिईएको छ ।

उपचारका लागि जिल्ला भन्दा बाहिर रिफर गरिएका ९ जना रहेको उल्लेख गरिएको दैनिक प्रतिवेदनमा २ जनाको मृत्यु भएको उल्लेख छ । दैनिक प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईशोलसन बेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ५४ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया