कुशेकाे प्रसिद्ध मष्टा मन्दिर सम्म माेटरबाटाे, स्थानीय हर्षित

सुरिता बस्नेत
जाजरकोट, २८ वैशाख ।
जिल्लाको पश्चिममा पर्ने अति विकट कुशे गाउँपालिकाकाे वडा नं ८ कफल्लाँमा रहेको जाजरकोटकाे एक प्रसिद्ध मष्टा मन्दिर सम्म माेटर बाटाे खन्न सुरू भएको छ  ।         जाजरकोटकाे कुशे गाउँ पालिकामा रहेकाे उक्त मष्टा मन्दिरमा छिमेकी जिल्ला दाङ, सल्यान ,रुकुम,सुर्खेत,जुम्ला लगायत आसपास जिल्लाका मानिसहरू पुजा पाठकाको लागि अाउने गर्छन ।

स्थानीय सरकार गाउँमा भएको केही बर्ष बिति सक्दा गाउँ गाउँमा माेटरबाटाे पुगे तर मन्दिर सम्म कता बाट बाटाे लिने भन्ने कुरामा स्थानीय अलमलिएकाले बाटाे खन्न ढिला भएको थियाे ।बिभिन्न ब्यक्तिका बिभिन्न धारणले बाटाे विवादमा रहदा अहिलेसम्म निकै

प्रसिद्ध मानिने मष्टा मन्दिर सम्म पुग्न सकेको थिएन । पाँचकाटिया व्याउलि ढुङ्गा जाेड्ने सडक संजाल संग जाेडिएकाे कुशे गा पा ८ काे मालुतरा सम्म गाडिमा गएर मानिसहरू अाधा बाटाे उकालाे चढि जानूपर्ने तितो यथार्थ हुदाहुदै पनि कयौं मष्टा देवताका आस्थाका बन्दिहरु उक्त धार्मिकस्थलमा पुग्न घण्टौ पैदल यात्रा गर्न विवश थिए ।

पैदल यात्राको दौरानमा मानिसले अनेकौं दुख कस्ट गर्दै आफ्ना भाकल पूरा गर्न पशुवलि समेत पुर्याउन निकै कठिन रहेको थियाे।अब यो कठिनाइ सहज हुने बिश्वास रहेको छ । सामान लिन निकै कठिनाई हुन्थियाे अब सहज हुने भाे स्थानीय गोलाप थापाले बताए। कुशे गाउँपालिकाको अार्थिक सहयोगमा खन्ना लागेकाे माेटरबाटाे झन्डै ७ किलाे मिटर रहेकाे छ।

कुशे गा पाका अध्यक्ष हरिचन्द्र बस्नेत को बिशेष पहल तथा स्थानियवासी,स्थानिय प्रहरी को सकृयता मा बैसाख २८ गते देखि कुशे ८ मालुतरा बाट मन्दिर सम्म पुग्ने करिब ७/८ कि,मि, सडक को ट्र्याक खोल्ने काम सुरु भएको भैसकेको छ। डाेजरले बाटाे खन्ना सुरू गर्दा स्थानिय,धार्मिक पर्यटकहरु निकै खुशि भएका छन ।

पहुँच  मार्ग सुरु भएपछी स्थानिय बजार मा व्यापार ब्यबसाय समेत मा परिवर्तन हुने स्थानीय होटल ब्यबसायी कालीबहादुर रोकायले बताए। बाटाे गाउँकाे मन्दिर सम्म पुग्ने भएपछी स्थानीय निकै खुशी भएका छन ।

तपाईको प्रतिक्रिया