
खलंगा, २८ वैशाख । जिल्ला प्रशासन कार्यालय जाजरकोटले कोरोना प्रतिवदेन सार्वजनिक गरेको छ । मंगलबार चैत ११ गते देखि हालसम्मको प्रतिवेदन सार्वजनिक गरेको हो । जसअन्र्तगत जिल्लाभर हाल सम्म ६ हजार ५ सय पी.सी.आर. स्वाव परिक्षण गरिएको छ । कुल संक्रमितको संख्या १ सय ८६ रहेको छ भने १ सय ११ जनाले कोरोना जितेका छन् ।
हाल संक्रिय संक्रमित संख्या होम आईसोलेसन÷ अस्पतालमा गरी जम्मा ७५ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, ऐन्टिजेन परिक्षण तर्फको १ हजार ३५ जनामा परिक्षण गरिएको छ । कुल संक्रमितको संख्या ३ सय ५७ रहेको छ भने, ५७ जनाले कोरोना जितेर घर फर्केका छन् । हाल संक्रिय संक्रमितको संख्या होम आईसोलेसन÷अस्पतालमा गरी २ सय ९१ रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस जिल्ला बाट बाहिर रिफर भएका ८ जना रहेका छन् भने, कोरोना बाट जिल्लामा ज्यान गुमाउनेको संख्या १ रहेको छ । हाल सम्म जिल्लाभर संक्रिय संक्रमितको संख्या ३ सय ६६ छ । यस्तै कोभिड १९ को उपचार तर्फ भएको व्यवस्थापनमा जिल्ला कोभिड अस्पताल १, आईसोलेसन
वेड १ सय ३ रहेको छ । आई.सी.यू. कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एच.डी.यू. वेड १, अक्सिजन सहितको आईसोलेसन वेड ३३ रहेका छन् भने साधारण आईसोलेशन वेड ७० वटा रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
जिल्लामा कोरोनाको जोखिम कायम रहेकोले निषेधाज्ञाको पालना गरी घर भित्र बस्न जाजरकोटीवासी सबैलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले आग्रह गरेका छन् । जिल्लाभर जेठ १ गते रात्ती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

















































। २८ बैशाख २०७८, मंगलवार