जाजरकोट— छिन्चु सडक अवरुद्ध


खलंगा, २९ वैशाख । अविरल वर्षा पछि आएको पहिरोले जाजरकोट— छिन्चु सडक अवरुद्ध भएको छ । छिन्चु जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका ३ धारापानी नजिकै मंगलबार साँझ झन्डै ७ बजेबाट सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

गएरातीबाट सडक अवरुद्ध हुँदा अस्पताल लिदै गरेका बिरामीहरु अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा ६० देखिी ८० वटासम्म एम्बुलेन्स देखि अन्य खाद्यान्न बोकेका गाडी अलपत्र परेको स्थानीय दल बहादुर विकले जानकारी दिए ।

पहिरोले अवरुद्ध बनेको सडक अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाले पठाएको डोजरको मद्यतबाट सडक खुलाउने प्रयास भइरहेको विकले बताए ।

तपाईको प्रतिक्रिया