आगलागीबाट जोगाउन ढुङ्गाका छाना

जाजरकोट ः छेडागाड नगरपालिका –३ का लालबहादुर थापाका सवै घर ढुङ्गाले छाएको छ । उहाँको वाजे देखि यहाँको घर ढुङ्गाले नै छाउने चलनकै रुपमा स्थापित भएको छ ।

जस्ता पाता ल्याउनका लागि वजार नजिक नभएको र खरले छाउदा डाडामा हावाको चापले गर्दा अगलागी हुने भएपछि ढुङ्गाको छहारामा घर छाउन लागिएको थापाको भनाई छ । दशेरा गाउँमा झण्डै चारवटा टोल रहेको छन् । सवै टोलका घरहरु ढुङ्गाले छाएको छ ।

हावा, हुरी र आगलागीबाट जोगिन यहाँका सवै घरमा खरको ठाउँमा ढुङ्गाले छाएको स्थानीयवासी अप्रिल आरसीले जानकारी दिनुभयो । भर्खरै मात्र दशेरा गाउँ सडक सञ्जाल सँग जोडिएको छ । यो भन्दा पहिले उहाँका स्थानीयवासीहरु नुन ,तेल , खाद्यान्नका लागि पैदल १० दिन भन्दा बढी हिडेर सुर्खेत , नेपालगन्ज गई पिठ्यूमा बोकर ल्याउने गर्दथे ।

घर छाउने ढुङ्गा समेत पिठ्यूमा बोकेर नै ल्याउने गरिदै आएको अप्रिलले बताउनुभयो । अहिले समय फेरिएको छ , घर आँगनमै यातायातका साधनहरु आएपनि ढुङ्गाको प्रयोग दर घटेको छैन । गर्मी मौसममा घाम नहुँने , चिसोमा चिसोको प्रभाव नपर्ने भएकाले घर छाउना ढुङ्गाको प्रयोग वृद्धी भएको हो ।

अहिले गाउँ , गाउँमा यातायातका साधनहरु सञ्चालन भएपनि ढुङ्गाको महत्व घटेको छैन । स्थानीय पुर्णसमिर महतरा भन्नुहुन्छ , “ ढुङ्गा प्रयोग गर्दा स्थानीयवासीले रोजगारी पाउछन् भने अर्को तीर स्थानीय उत्पादन प्रयोगमा आउछ । ”
गाउँमै घर छाउने ढुङ्गा पाईने भएपछि नेपालगन्ज , सुर्खेत पुगेर टिम , जस्तापाता ल्याउनु बाध्यता नभएको महतराको भनाई छ । गाउँमा ढुङ्गाका खानी रहेको छ , त्यहाँ खानीमा काम गर्ने मानिसहरुले रोजगारी पाएका छन्

अर्का स्थानीयवासी रामबहादुर थापाले भन्नुभयो , “ घरमा दाउराबाट खाना पकाउनुपर्ने भएकाले हावा चलेपनि ढुङ्गाले छाएको घरमा खासै समस्य पदैन । ” खरले छाएको छानामा आलोलागीको भए हुने छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बतानुभयो । उहाँले भन्नुभयो , “ खानेहरु व्यवस्थित गरेर लैजाने योजनामा छौँ , खरको छानमुक्त जस्तो हाम्रो नगर रहेको छ । ”नेपालपाेस्ट खबर बाट साभार गरिएकाे ।

तपाईको प्रतिक्रिया