
जाजरकोट । जातिय भेदभाव तथा छुवाछुत मुक्त नगर घोषणाको लागि जाजरकोटको भेरी नगरपालिकाले दोस्रो चरणको अभियान सुरु गरेको छ । आगमी जेठ २१ गते छुवाछुत मुक्त नगर घोषणा गर्न नगरपालिकाले वडा नम्बर १ को पिपेबाट दोस्रो चरणको अभियान सुरु गरेको हो ।
यस अभियान अन्तरगत १३ वटै वडामा जनसमुदायका विच जनजागरण कार्यक्रम संचालन गरिदैछ । आइतवार पिपेमा भएको कार्यक्रममा धामीझाँक्री, पण्डित पुरोहित संगै स्थानिय समुदायको निकै सहभागिता भएको थियो ।
कार्यक्रममा नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारको विरुद्ध लाग्न सवैलाई आग्रह गर्नु भएको छ । जातको आधारमा हुने भेदभावले समाज र देशको प्रगति नुहने उहाँको भनाई छ । भेदभाव मुक्त गर्न स्थानिय अगुवाहरुको महत्वपुर्ण भुमिका हुनेभएको त्यो निर्बाह गर्न आग्रह गर्नु भयो । नगरप्रमुख घर्तीले समृद्ध तथा समतामुलक समाज निर्माण गर्न नगरपालिका भित्र कुनै सिसिमको विभेद स्वीकार्य नहुने बताउनु भयो ।
कार्यक्रममा स्थानिय पण्डित रामप्रशाद शर्माले सवैको घरमा पुजापाठ गर्न जाने गरेको र दलितकै घरमा संगै बसेर खाना खानेगरेको बताउनु भयो । आफु पण्डित भएपनि कसैलाई पनि भेदभाव नगरेको बताउनु भयो ।
सहजकर्ता पुर्ण चन्दले छुवाछुत कानुनी रुपमा दण्डनिय भएकोले कोहीकसैले भेदभाव गर्न नहुने बताउनु भयो । विभेद गरेमा जरिवाना संगै जेल सजाएको व्यवस्था हुने कानुनि व्यवस्थाहरु स्थानियलाई स्पष्ट पर्नु भयो ।
यो अभियानमा चेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको छ ।
कार्यक्रमा नगरप्रमुख संगै नगर प्रवक्ता पार्वती विक, प्रहरी निरिक्षक महेश आचार्य वडा सदस्यहरु लगायत स्थानियहरुको निकै सहभागिता रहेको थियो ।
पहिलो चरणमा १३ वटै वडामा वडास्तरीय समितिहरु गठन गरिएको थियो । भने दोस्रो चरणमा पनि सवै वडामा जनजागरण कार्यक्रमा संचालनग गरिने छ ।
















































। १२ फाल्गुन २०७६, सोमबार