सुशील रावल
२०७६-११-११
जाजरकोट
अझै उस्तै छन ती डाडा पाखा आनि उस्तै छन गाउँ बस्ती । दिनभरीको परिश्रमले खान र बस्न पुग्यो तर ती रहर अनि असीमित चाहानाहरु मनमै बिलिन भए। आमा बुवाले भन्नुहुन्छ काम गरे खाना पाइन्छ । बुवा आमालाई घाँस दाउरा,सोत्तर अनि पराल ल्याउन सहयोग गर्ने गर्दैछौं । गरिबीको रेखाचित्र भित्र परेपनि राज्यको आँखा यी जाजरकोटका बिकट बस्तिहरुमा पर्न सकेको छैन । यी बालबालिका कुसे गाउँपालिका दम्दालाबाट सोत्तर उठाउन बन तिर जाँदै गर्दा हामिले बाटोमा फेला पारेका थियौ । यी बालबालिकाको अनुहारमा रहेको मुस्कानले बिहानको सुर्यको किरणलाई पनि फिक्का पार्दैछ् । रहर अनि चाहानालाइ पूरा गर्ने दिनहरु
आफ्नो परिवारको आधारभुत अवस्यकतालाई पूरा गर्ने जिम्मेवारी लिनु यो उमेरमा सायद उस्तै उस्तैलाई भारी पर्छ । गाउँ बस्तीहरु आजभोलि सुनसान छन। गाउँ गाउंमा युबाहरुको खडेरी परिसक्यो । देशमा रोजगारीको सिर्जना नहुदा दिनहु बिदेश जाने युबाहरुलाइ सजिलो होस भनी स्थानीय सरकारले धमाधम वडा वडामा सड्क बाटो बनाइदिएको छ । गाउँ घरमा आजभोलि भेटिन्छन् त केबल वृद्ध, अनि केही थान येस्तै बलबालिका जो आफ्नो सुन्दर भबिस्यको पर्खाहिमा नागरिकता,पासपोर्ट अनि भिजाको पर्खाइमा छन। जाजरकोट जिल्लामा बालश्रम विरुद्ध काम गर्ने धेरै निकायहरु भएता पनि कसैको ध्यानाकर्षण हुनसकेको देखिदैन धन्यवाद ।
















































। ११ फाल्गुन २०७६, आईतवार