२३ बैशाख २०७८, बिहीबार

मुगुमा पनि एक सातासम्म निषेधाज्ञा


मुगु, २३ वैशाख । हिमाली जिल्ला मुगुमा पनि निषेधाज्ञा लागु गरिएको छ । केहि दिनयता यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण निम्ति बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा एक सातासम्म लागू हुनेछ ।

कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए । उनका अनुसार जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा व्यवसायहरू बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म मात्र खोल्न पाइने भएको निर्णय भएको छ ।

त्यस्तै, निषेधाज्ञा अवधिभर बैक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरूले अफिसमा आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गरिने कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।