यार्सनद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री


खलंगा, २३ जाजरकोट । जिल्लाको भेरी नगरपालिका ४ सिर्जना टोलका सोह्र कोरोना संक्रमतिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थीक सहयोगमा यार्सन जाजरकोटले सञ्चालन गरेको नेपाल जिविकोेपार्जन तथा उत्थानशिलता कार्यक्रम मार्फत उक्त टोलका कोरोना संक्रमितलाई मास्क, सेनिटाईजर, गोल्वस वितरण गरिएको हो ।

भेरी नगरपालिका वडा नं ४ संग समन्वयन गरी स्वास्थ्य सामग्री वितरण गरिएको यार्सन जाजरकोटका संयोजक सहदेव बस्नेतले जानकारी दिए । कोभिड १९ को दोस्रो महामारी संग जिल्ला जुधिरहेको सन्दर्भमा कोरोना संक्रमितलाई राहत होस भनी स्वास्थ्य सामग्री वितरण गरिएको बस्नेतको भनाई छ । यस्तै, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले यस्तो महामारीको वेला स्वास्थ्य सामग्री वितरण गर्नु जनताको स्वास्थ्य सुरक्षामा सहयोग गर्नु भएको बताए ।

तपाईको प्रतिक्रिया