जाजरकोटमा कोरोना संक्रमित एक जनाको मृत्यु

                                                                         फाईल तस्विर
खलंगा, २३ वैशाख । जिल्लामा कोरोना संक्रमण एक महिलाको ज्यान गएको छ । समयमै उपयूक्त उपचार नपाउँदा उनको ज्यान गएको हो । वैशाख १९ गते कोरोेना संक्रमण पुष्टी भएकी भेरी नगरपालिका ४ वाँठावाराकी ४५ बर्षिया एक महिलाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि जाजरकोट अस्पतालमा तीन दिन उपचार गराउँदा पनि निको नभएपछि वुधबार नेपालगञ्ज रिफर गरिएको थियो । अक्सिजन दिएर उपचार गर्दा पनि निको नभएपछि परिवारको माग र आवश्यकता अनुसार नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा कार्यरत्त डाक्टर अमीन शाहले जानकारी दिए ।

उपचारका लागि नेपालगञ्ज रिफर गरिएकी उनको वुधबार रात्ती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट अस्पतालमा ५ जना कोरोना संक्रमितको अक्सिजन दिएर उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

वुधबार सम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४९ रहेको छ । एक जनाको मृत्यु भएपछि जिल्लामा कोरोनाको त्रास झनै बढेको छ ।

तपाईको प्रतिक्रिया