हत्यामा संग्लन एक जना प्रकाउ

May be an image of one or more people, people standing and text that says 'BOW U ICANT सत्य जिल्ला प्रहरी व 2 ट'
खलंगा, २० वैशाख । जिल्लाको कुशे गाउँपालिका ९ चौराठाका एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । बारेकोट गाउँपालिका ४ जिरीका २५ बर्षिय टक्क सार्कीको हत्यामा संग्लन भएको भन्दै प्रहरीले चौराठाका २३ बर्षिय राजेन्द्र सुनारलाई प्रकाउ गरेको हो । वैशाख १७ गते राती १० बजेको समयमा विना कारण टक्क सार्की र जल्लप सार्कीलाई कुटपिट गरी सुनारले घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते एक जनालाई उपचारका लागि कोहलपुर लिदैं गर्दा बारेकोट ४ जिरीका टक्क सार्कीको विच बाटोमै मृत्यु भएको थियो । कुशे गाउँपालिका स्थित जल्लप सार्की भने समान्य घाइते भएका भएका थिए । सुनार माथी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया