Skip to content
२७ जेष्ठ २०८३, बुधबार
Wednesday, June 10, 2026

Hamropahuch

Hamropahuch

Online News Portal

hamropahuch
  • गृहपृष्ठ
  • देश
  • कर्णाली प्रदेश
    • कालिकोट
    • जाजरकोट
    • जुम्ला
    • डोल्पा
    • दैलेख
    • पश्चिम रुकुम
    • मुगु
    • सल्यान
    • सुर्खेत
    • हुम्ला
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ/व्यापार
  • विज्ञान/प्रविधि
  • स्वास्थ्य
  • विश्व
  • फिचर
  • पत्रपत्रिका
  • स्थानीय तह विशेष

जाजरकोट रेडक्रसद्धारा कोरोना संक्रमीतहरुलाइ सामाग्री वितरण

। २० बैशाख २०७८, सोमबार

नेपाल रेडक्रस सोसाइटी जाजरकोटले यहाँका कोरोना संक्रमीतहरुलाइ सहयोग सामाग्री वितरण गरेको छ । रेडक्रसले जिल्लाको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राथमिक विद्यालयको आइसोलेसनमा रहेका कोरोना संक्रमीतहरुलाइ फलफुल तथा अन्य सामाग्रीहरु वितरण गरेको हो ।

जिल्ला कोडिभ संकट व्यवस्थापन केन्द्र जाजरकोटका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी प्रमुख मधुकुमार थापा, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्वजंग शाहले रेडक्रस जाजरकोटले आइसोलेसन स्थलमै उपलव्ध गराएका फलफुल, हर्लिक्स, कम्पल, सावुन, मास्क, रुमाल लगाएतका सामाग्रीहरु संक्रमीतहरुलाइ वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरिवहादुर वस्नेतले वताए ।

उनले भेरी प्राथमिक विद्यालयको भवनमा रहेको आइसोलेसनमा राखिएका १५ जनालाइ उक्त सामाग्रीहरु वितरण गर्नुका साथै आत्मविस्वास र हौसला वढाउने परामर्ष समेत दिइएको वताए ।
सामाग्री वितरण कार्यक्रमा रेडक्रस जाजरकोटका उपसभापति शोभा सिंह र रेडक्रसद्धारा सन्चालित प्राथमिक आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदिपजंग शाहले आइसोलेसनमा रहेका संक्रमीतहरुलाइ कोरोनावाट वच्ने उपायाहरु सुझाउदै कोरोना विरुद्ध आत्मविस्वासी वनाउने परामर्ष दिएका थिए ।

भेरी प्राथमिक विद्यालयको भवनमा भेरी ४ रानागाँउका १५ जना स्थानीय कोरोना संक्रमीतहरुलाइ राखिएको छ सामाग्री वितरण कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले नेपाल रेडक्रसले दुखमा परेकाहरुलाइ गरेको सहयोग निकै मुल्यवान रहेको वताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी देवकोटाले रेडक्सको सहयोगले

अन्य निकाय र सँस्थाहरुलाइ पनि संकटमा परेका नागरिकहरुलाइ सहयोग गर्न नैीतक दवाव सिर्जना गरेको वताए ।
सवैको साथ सहयोग र सहकार्यले नै कोरोनासंग लडिरहेका जनताको आत्मविस्वास वढ्ने भएकोले यस तर्फ सवैको ध्यान जान जरुरुी रहेको प्रजिअ देवकोटाले वताए । जहाँ दुख त्यहाँ रेडक्रस भन्ने भावना र सिद्धान्त अनुसार नै आफुहरुले कोरोना पिडितहरुलाइ सहयोग गरेको रेडक्रस जाजरकोटका सभापति हरिवहादुर वस्नेतले वताए । सानो सहयोग र साथले पनि संकटमा परेका मानिसहरुलाइ कोरोना विरुद्ध लड्न ठुलो ताकत पैदा गर्ने भएकोले आफुहरुले आफनो क्षमता र सामथ्र्य अनुसार सहयोग गरेको वताए ।

कार्यक्रमा सुरक्षा निकायका प्रमखहरु संगै रेडक्रस जाजरकोटका पदाधिकारीहरु र सदस्यहरुको सहभागिता रहेको थियो । जिल्लामा दिनदिनै कोरोना संक्रमितहरुको संख्या वढ्न थालेपछि उनीहरुको व्यवस्थपनमा समेत चुनौति देखिन थालेको सरोकारवालाहरु वताउछन् । सवैको साथ सहयोग र सहकार्यले जिल्लामा कोरोना संक्रमणको जोखिम र संक्रमीतहरुको उपचारलाइ उचित रुपमा व्यवस्थापन गर्न सकिने स्वास्थयकर्मीहरुको भनाइ छ ।

Post navigation

स्वास्थ्यकर्मी भागे नामक समाचार प्रति नगरपालिकाको ध्यानआर्कषण
हत्यामा संग्लन एक जना प्रकाउ
तपाईको प्रतिक्रिया

Himalya Patra Media Pvt.Ltd
Jajarkot, Nepal

  • [email protected]/ [email protected]
  • Domain Name: www.hamropahuch.com
  • Reg. No. २४११/०७७/०७८
  • Barekot 2 Jajarkot, Nepal
  • 9863281947, 9867597392, 9844844321

HAMROPAHUCH TEAM

  • Publisher : Kali Bahadur Nepali
  • Editor : Parwati BK
  • Sub Editor : Ramesh Prasad Adhikari
  • Managing Director : Susil Rawal
  • Admin : Prakash Chadara

NEWS TEAM

  • Prakash Rokaya
  • Prem BK
  • Hari Bahadur Nepali
  • Prabin BK
  • Dan Bahadur Giri
  • Lok Raj BK

QUICK LINKS

  • About Us
  • Hamropahuch Team
  • Contact Us

Copyright © 2026 Hamropahuch
Design By: Aarush Creation