धन कमाउन मलेसिया गएका जयबहादुर ९ बर्ष देखि सम्पर्कविहीन

No description available.
खलंगा, २० वैशाख । जिल्लाको शिवालय गाउँपालिका ६ जाँतका जयबहादुर सिंह आफ्नो परिवारको सम्पर्कमा नआएको ९ बर्ष वित्यो ।

२०६६ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका सिंह तीन बर्ष सम्म घर परिवारको सम्पर्कमा थिए । त्यसपछि सिंह कहाँ छन्, के गर्छन् ? भन्ने कुरा परिवारलाई थाहा नै छैन् । २०६६ सालमा निर्देशक जेवी शाहीको दक्षिण काली कम्पनी बाट मलेशियामा पुगेका सिंह डि.एक्स. एन. कम्पनीमा कार्यरत रहेको परिवार स्रोतले जनाएको छ ।

तीन बर्ष पछि घर फर्केलान् भनेर बसेका परिवारको अहिले विच्चली छ । साविकको थालारैकर गा.वि.स वडा नं ६ धिर्पन्न स्थित रणबहादुर सिंहको कान्छो छोरा जयबहादुर हुन् । श्रीमति, १०÷१२ बर्षका दुई छोरा र ८० बर्षका वुवा छोराको प्रखाईमा रहेको स्थानीय गोपाल शाहीले हाम्रो पहूँच डटकमलाई जानकारी दिए ।

९ वर्ष देखि सम्पर्कविहीन बनेका सिंहको खोजी गरिदिन परिवारले सरोकारवालाहरु संग अपिल समेत गरेका छन् । अहिले परिवार आर्थीक अभावका कारण निकै समस्यामा परेका छन् । वुवा आउँलान् भनेर पर्खेका छोराहरुको दिन प्रखाईमै वितिको छ ।

यदि कोही कसैले जयबहादुर सिंहलाई देख्नुभएको छ भने स्थानीय गोपाल शाहीको सम्पर्क नम्बर ९८५८०४७५८८,९८६४७४०५८३ मा सम्पर्क गरिदिन अनुरोध गर्दछौँ ।

No description available.

तपाईको प्रतिक्रिया