
जाजरकोट — चाडपर्व नजिकिँदै जाँदा जाजरकोटमा बजार अनुगमन कडाइ गरिएको छ । उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा शनिबारदेखि संयुक्त बजार अनुगमन थालिएको हो ।
कार्यालयका कम्प्युटर अपरेटर पवनकुमार शर्माका अनुसार शनिबार मात्रै रिम्ना बजारका ६० भन्दा बढी होटल तथा पसलहरूको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरू बरामद गरी नष्ट गरिएको र हजारौँ मूल्य बराबरका सामग्री फालिएको उनले जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै कालोबजारी, मूल्यवृद्धि र म्याद गुज्रिएका सामानको बिक्री बढ्ने भएकाले उपभोक्ताको सुरक्षा सुनिश्चित गर्न अनुगमनमा तीव्रता दिइएको शर्मा बताउँछन् ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, अन्य सम्बन्धित कार्यालयका प्रतिनिधि र सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो ।
















































हाम्रो पहुँच संवाददाता । ५ आश्विन २०८२, आईतवार