बारेकोटको रामीडाँडा मेला : एक लाख पाँच हजार पुरस्कार राशीको भलिवल, अन्य केके प्रतियोगिता हुदैछन् ?

No photo description available.
जाजरकोट । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने परम्परागत रामीडाँडा मेला यस वर्ष पनि भव्य रूपमा सञ्चालन हुने भएको छ । बारेकोटको कला, खेलकुद, साहित्य, संस्कृति, रीतिरिवाजलाई झल्काउने यस मेलामा यसपटक पनि विविध सांस्कृतिक र खेलकुद प्रतियोगिताहरू हुनेछन् ।

मेला आयोजक समितिका अध्यक्ष कालीबहादुर बुढाका अनुसार मेलामा खुला वडास्तरीय भलिवल प्रतियोगिता प्रमुख आकर्षण बन्नेछ । भलिवलतर्फ प्रथम हुने टोलीलाई १ लाख ५ हजार रुपैयाँ, द्धितियलाई ५३ हजार रुपैयाँ, तृतियलाई २८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, महिला भलिवल प्रतियोगिता पनि हुने व्यवस्था गरिएको छ । महिलातर्फ प्रथम हुनेले २१ हजार रुपैयाँ, द्धितियले ११ हजार रुपैयाँ र तृतियले ६ हजार रुपैयाँ पाउनेछन् । महिला भलिवलको दर्ता शुल्क २ हजार १ सय रुपैयाँ तोकिएको छ ।

मेलामा अन्य खेलकुद र प्रतियोगिताहरू यसप्रकार रहेका छन् :
ब्याटमिन्टन (डवल) : प्रथम २० हजार, द्धितिय १५ हजार, तृतिय ६ हजार, दर्ता शुल्क २ हजार ।

बुद्धिचाल : प्रथम ५ हजार, द्धितिय ३ हजार, तृतिय २ हजार।
फुटसल : विजेता ५० हजार, उपविजेता २५ हजार, दर्ता शुल्क ५ हजार । कार्डतर्फ : रातो ५०० रुपैयाँ, पहेंलो २५० रुपैयाँ ।
खुला वडास्तरीय भलिवल प्रतियोगितामा सहभागिताका लागि अन्तिम दर्ता मिति असोज १८ गते तोकिएको छ ।

खेलकुदसँगै मेलामा लोकगीत, लोकदोहोरी प्रतियोगिता र धामी नाच समेत हुनेछन् । स्थानीय संस्कृति, कला र परम्परा झल्किने यी कार्यक्रमले मेलाको आकर्षण थप गर्ने आयोजक समितिले जनाएको छ ।

समितिका अध्यक्ष बुढाले भने, “रामीडाँडा मेला केवल मनोरञ्जनको साधन मात्र होइन, यसले बारेकोटको कृषि उत्पादनलाई बजारीकरण गर्न, स्थानीय संस्कृति संरक्षण गर्न र जिल्लाका हजारौं नागरिकलाई एकत्रित गर्न मद्दत पु¥याएको छ ।” मेलामा सहभागिता जनाउन र सफल बनाउन सबैलाई सहयोग गर्न पनि अपिल गरिएको छ ।

यस्तो छ मेला आयोजक समिति ..
अध्यक्ष  : कालीबहादुर बुढा
उपाध्यक्ष : यज्ञबहादुर बुढा
कोषाध्यक्ष : दिपक खड्का
सचिव : विरेन्द्र बस्नेत
स सचिव : वेदराज गिरी

सदस्यहरुमा, चक्र पुन, धर्मराज बुढा, टक बहादुर परियार, नन्दलाल नेपाली, सुरज पुन, राजु नेपाली,विमल विक, जनक थापा रहेका छन् ।

तपाईको प्रतिक्रिया