अनेरास्ववियु जाजरकोटको बैठक : तोकियो सातवटै पालिका संयोजक, संगठन विस्तारको अभियान तीव्र बनाउने निर्णय

जाजरकोट । अनेरास्ववियु जाजरकोट जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। बैठकमा नेकपा एमाले जाजरकोट जिल्ला अध्यक्ष नरेन्द्र शाही प्रमुख अतिथि, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज बिबश भारती विशिष्ट अतिथि रहनु भएको थियो। बैठकको अध्यक्षता अनेरास्ववियु जिल्ला संयोजक रामु सिंह ठकुरीले गर्नुभएको थियो ।

बैठकले संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यसहित विभिन्न निर्णय गरेको छ। सातवटै पालिकामा संयोजक तोक्ने निर्णयअनुसार जुनीचाँदे गाउँपालिकामा गोबिन्द शाही, छेडागाड नगरपालिकामा गोबिन्द केसी, शिवालय गाउँपालिकामा नवराज कठायत, भेरी नगरपालिकामा आरेम्बर सिंह, कुसे गाउँपालिकामा हरि सिंह, नलगाड नगरपालिकामा टिकाराम चनारा र बारेकोट गाउँपालिकामा नरेन्द्र सिंहलाई संयोजकको जिम्मेवारी तोकिएको छ।

यस्तै बैठकले पालिका अधिवेशन, माध्यमिक विद्यालय तथा क्याम्पस प्रा. कमिटी गठन कार्य २०८२ साल भदौ १५ देखि मङ्सिर १५ भित्र सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, दशैं–तिहारको अवसरमा स्ववियु निर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम आगामी असोज ८ गते जाजरकोट खलंगास्थित भेरी ज्ञानोदय क्याम्पसमा गर्ने तय भएको छ।

अनेरास्ववियु जाजरकोटको १४औं जिल्ला अधिवेशन आगामी मङ्सिर २९ र ३० गते गर्ने निर्णय पनि बैठकले गरेको छ। संयोजक ठकुरीका अनुसार तोकिएका सम्पूर्ण जिम्मेवारीहरू इमानदार र कुशलतापूर्वक निर्वाह गर्न सम्पूर्ण साथीहरूलाई आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया