बारेकोट गाउँपालिकाले तीज मनाउन हरेक वडालाई ८ हजार दिने


जाजरकोट – बारेकोट गाउँपालिकाले आगामी भदौ १० गते हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाले वडागत रुपमा स्थानीय कला, संस्कृति झल्कने नृत्य, गायन, संगीत तथा लोक दोहोरी कार्यक्रम गरी भव्य रुपमा मनाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।

यसका लागि प्रत्येक वडा कार्यालयलाई ८ हजार रुपैयाँ दरले बजेट समेत विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर मल्लले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

तर गाउँपालिकाले सांस्कृतिक कार्यक्रममा खर्च बढाउँदै जाँदा आधारभूत विकास, स्वास्थ्य, शिक्षा र सेवा प्रवाहमा भने अपेक्षित ध्यान नपुगेको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेका छन् । गाउँपालिकाले हरेक सामाजिक–सांस्कृतिक पर्वमा लाखौं रुपैयाँ खर्च गर्ने परम्परा बनाउँदा विकासमुखी कार्यक्रमको प्राथमिकता कमजोर भएको आलोचना भइरहेको छ ।

स्थानीयवासीहरुले सांस्कृतिक पर्व मनाउनु राम्रो भए पनि राज्यको स्रोत साधन विवेकपूर्ण प्रयोग गर्नुपर्ने र तत्काल आवश्यक क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन् ।

May be an image of ticket stub and text

तपाईको प्रतिक्रिया