
अहिले बर्खाको समयमा नेपालका वनजंगलहरु धेरै प्रकारका च्याउ पाइन्छन् । तीमध्ये केही च्याउ खाने योग्य हुन्छन् भने धेरै च्याउ विषालु, अर्थात् खान नहुने पनि हुन्छन् ।
आज हामीले बिषालु च्याउ र बिषालु च्याउबाट बच्ने उपायहरुको बारेमा कृषि विकास कार्यालय हुम्लामा कार्यरत बाली संरक्षण अधिकृत (अधिकृत स्तर सातौँ) हाल अध्ययन विदामा रहनुभएका टोप बहादुर नेपाली (टोपेन्द्र) सँग कुराकानी गरेका छाैं । प्रस्तुत छ कुराकानीकाे संक्षिप्त अंश…
कस्ता च्याउ बिषालु हुन्छन् ?
नेपालमा करिव हजार भन्दा बढी च्याउका प्रजातीहरु पाइन्छन्। ती मध्ये करिब ११० जातका च्याउ मात्र खान योग्य छन्। परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधीका रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान गरिन्छ।
सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ। नियमित सेवन गरेका बाहेक सबैले सजिलै छुट्टाउन गाह्रो पर्छ। सेवन मात्र होईन विषालु च्याउ छुन समेत नहुने कृषि विकास मन्त्रालयले बताउँदै आएको छ।
बिषालु च्याउ कसरी चिन्ने ?
कृषि अनुसन्धान परिषद्का अनुसार खान अयोग्य च्याउको छाता खस्रो, नमिठो गन्ध तथा धेरै झुस भएको हुन्छ।थरीथरीका रङ तथा छुँदा रङ परिवर्तन हुने हुन्छ ।
विषालु च्याउ भाँच्दा चोप निस्किन्छ र हेर्दा आर्कषक पनि हुन्छ।ध्वाँसे च्याउ, पहेँलो(रातो कत्ले, सल्ले, सेतो कत्ले, खैरो ध्वाँसे कत्ले, डल्ले सेतो कत्ले, मुसा खैरो सेतो कत्ले, खैरो धर्से भूत च्याउ, चितुवा बुट्टे, सेतो कत्ले औँठी, कागते, सेतो कत्ले बेरिएको, कालो कत्ले लगायत च्याउहरूलाई विषालु च्याउका रूपमा वर्गीकृत गरिएको छ।
यसरी पनी चिन्न सकिन्छस् परम्परागत रुपमा खाँदै आएको र चिनेको जातको च्याउ विषालु हुँदैनन्, तर पनि विषालु च्याउको संसर्गले खान हुने अन्य जातका च्याउ पनि विषालु भइसकेको हुनसक्छ, सड्न थालेपछि पनि विषालु हुनजान्छ। च्याउमा किरा परेको रहेछ भने विषालु रहेछ भनी जान्नुपर्छ, विषालु च्याउमा किरा बाँच्न सक्दैन।
बिषालु च्याउ कहाँकहाँ पाईन्छन् ?
बिषालु च्याउ बिशेषगरी बर्षात सुरु भए संगै जंगलमै पाईन्छन् कतिपय रुखमा उम्रन्छन भने कतिपय भुईमै उम्रने गरेको पाईन्छ।
विषालु च्याउ खाएपछी कस्ता समस्या देखा पर्छन् ?
च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं संकलन गरेको स्थान आदिमा भर पर्दछ। च्याउमा धेरै प्रकारका टक्सिनहरु पाइन्छन् र त्यसैले बिषालु हुन्छन्।
कुनै बिषालु च्याउले मानिसको स्नायुमा असर गर्ने हुन्छ जसको कारण आलस्य बनाउने, गल्ने, जिब्रो सुनिने हुन्छ।
कुनै बिषालु च्याउको सेवनबाट दिमागमा असर पुर्याउँछ। जसको कारण मानिसलाई रिंगटा लाग्ने, बेहोस हुने, कोमामा जाने आदि समस्या हुने गर्दछ।
कुनै च्याउ खाँदा मानिसहरूलाई नशा लाग्ने, लठ्याउने गर्दछ।
त्यस्तै कुनै बिषालु च्याउबाट मानिसको पाचनक्रियामा असर गरि बान्ता गराउने, पेट दुख्ने, पेट र आन्द्रामा घाउ बनाउने पिसाब धेरै गराउने गर्दछ।
कुनै बिषालु च्याउबाट श्वास प्रश्वास क्रियामा असर गरि फोक्सो, मुटुमा असर गर्ने, रक्त विकृत गर्ने, श्वास नली बन्द गर्ने हुन्छ ।
कुनै बिषालु च्याउको सेवनबाट हाड नशामा असर गरी शरीर कमजोर बनाउने गर्दछ ।
बिषालु च्याउले मानिसको शरीरमा विभिन्न किसिमका असर गर्ने भएकाले गम्भीर प्रकृतिका बिरामी पार्ने र मृत्यु समेत गराउने धेरै सम्भावना हुन्छ ।
च्याउमा कति प्रकारको बिषाक्तता पाईन्छ ?
बिभिन्न पत्रपत्रिका तथा तथ्यांकका आधारमा हाल सम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको देखिन्छ।
विषालु च्याउ खाएपछी कसरी क्षति गर्छ ?
बिषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ।
च्याउको बिषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ।
कस्ता व्यक्तिलाई बिषालु च्याउको असर तथा लक्ष्ण बढी देखिन्छ ?
प्राय सबै व्यक्तिमा बिषालु च्याउको लक्ष्ण देखिन्छ बिशेष गरि बालबालिका तथा बृद्धाहरुमा च्याउको बिषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क ब्यक्तिमा अलि कमै हुन्छ। च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछि सम्म पनि यसका असरहरु देखिन्छन्।
बिषालु च्याउको विष र सेवनबाट कसरी बच्ने ?
सकभर आफुले चिनेको मात्र च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने र खाने।
बालबालिकालाई च्याउ टिप्न र छुन नदिने।
संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने।
सकभर दुई प्रजातिका फरक(फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने।
च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्ने। ९यसका लागि बिरामी होसमै छ भने नुन पानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधि अपनाउने०
गाउँघरमा परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबैभन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो।
प्राथमिक उपचारहरु केके गर्न सकिन्छ?
जटिल किसिमका क्षणहरू देखिएमा तुरुन्तै नजिकैको अस्पतालमा जाने र सामान्य खालका लक्षण देखिएमा निम्न उपायहरु अपनाउन सकिन्छ।
पाँच छ गिलास मनतातो पानी खुवाउने र दुई औंला मुख भित्र हाली खाएका कुरा सबै निस्कने गरि वान्ता गराउने।
कोइलाको (medicated charcoal) मसिनो धुलोलाई पानीसँग मिसाई खुवाउने जसले गर्दा शरिरमा फिजिएको बिषादी सोसेर असर कम गराउँछ।
सकेसम्म धेरै वान्ता गराउने।
कागतीलाई मन तातो पानीमा निचोरेर खुवाउने ।
बिषालु च्याउ खाएको व्यक्तिलाई दिसा लाग्ने औषधि खुवाउने, अरु केही औषधी नखुवाउने ।
अधिकतम दिसा भएमा जीवनजल खुवाउने।
















































हाम्रो पहुँच संवाददाता । १ श्रावण २०८२, बुधबार